गण्डकी प्रदेशलाई सुटिङमा दुई स्वर्ण र एक रजत

पोखरा न्यूज – १०, वैशाख । नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत सुटिङ खेलमा गण्डकी प्रदेशले २ स्वर्ण र एक रजत पदक हात पार्न सफल भएको छ ।

एकल महिला तर्फ एयर पेष्तोलमा श्रृया केसी र पुरुष तर्फ विजय कार्कीले स्वर्ण पदक हात पार्दा समुह तर्फ गण्डकी प्रदेशले रजत पदक ल्याउन सफल भएको ओलम्पियन तथा प्रशिक्षक भगवती केसीले बताइन्। समुहमा श्रृया केसी र के. बी. पुन रहेका थिए ।

हालसम्म गण्डकी प्रदेशले आर्चरी बाहेक ९ स्वर्ण पदक ल्याएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button