पोखराबाट जाँदै गरेको माइक्रोको ठक्करबाट स्कुटर चालकको मृत्यु

पोखरा न्यूज – १०, बैशाख । पोखराबाट काठमाडौतर्फ जाँदै गरेको माइक्रोबसको ठक्करबाट तनहुँमा एक स्कुटर चालकको मृत्यु भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौलीमा मंगलबार भएको दुर्घटनामा ब्यास नगरपालिका–१० परेवा डाँडाका २३ वर्षीय रमेश शर्माको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

काठमाडौतर्फ जाँदै गरेको ग १ य ४८५ नं को माइक्रोले भित्री सडकखण्डबाट राजमार्गतर्फ आउँदै गरेको ग १३ प ९१८१ नं को स्कुटरलाई ब्यास नगरपालिका–४ शहीदगेट नजिक ठक्कर दिएको थियो ।

ठक्करबाट सख्त घाइते शर्माको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

माइक्रोबस चालकलाई  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button