पोखराबाट दमौलीतर्फ जादै गरेको बस दुर्घटना, ५ घाइते

पोखरा न्यूज – ११, वैशाख । पोखराबाट दमौलीतर्फ जादै गरेको यात्रु वाहक बस  दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीमा ग १ ख ८५०९ नम्बरको यात्रु वाहक बस आफै अनियन्त्रित भइ  दुर्घटना हुँदा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि  सह-चालक तनहुँ म्याग्देका २० बर्षिय माधब थापा, पर्वत दलदला गाउँपालिका ३५ बर्षिय खिमा चोखाल, तनहुँ शुक्ला गण्डकी नगरपालिकाकी ५२ बर्षिया सुनमाया सार्की, तनहुँ व्यास नगरपालिकाका  ५२ बर्षिय  प्रेम बि.क. र सोहि ठाउँकी १८ बर्षिय प्रमिला बि.क घाइते भएको चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।  घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको उनले जनाए ।

सवारी र चालकलाई नियन्त्रणमा लिई घटनाको बारे थप अनुसन्धान भइरहेको   प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button