अब पोखरा-२२ स्थित शुक्रराज माविमा आफ्नै स्कुल बस

पोखरा न्यूज – १२, वैशाख । पोखरा महानगरपालिका-२२ स्थित  शुक्रराज माध्यमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी विद्यालयले आफ्नै स्कुल बस सेवा संचालनमा ल्याएको छ ।

बस सेवाको कारण विद्यालयमा विद्यार्थीहरुको सङख्या घट्दो रुपमा रहेकोले विद्यार्थीको सुविधाको लागि बिहिबारदेखि स्कुल बस सेवा संचालनमा ल्याएको बिद्यालयका प्राचार्य नरनाथ बरालले बताए । उनले “ पोखराको मुख्य बजारदेखि नजिक रहेको हाम्रो सामुदायिक विद्यालयमा अध्ययन गर्न चाहने केही विद्यार्थीहरु यातायातको कारण अनेत्र  जान थालेकोले हामीले आफ्नै गाँउठाउँमा गुणस्तरिय सेवा सहितको शिक्षा दिने उद्धेश्यले आफ्नै विद्यालयको स्कुल बस सेवा यही नयाँ शैक्षिक सत्र देखि सुरु गरेका छौं । ”

उनका अनुसार पहिलो चरणमा पोखराको मुख्य बजार पृथ्बीचोकदेखि पार्दी, छोरेपाटन, पोखरा भ्यूप्वाइट, डुलिबिडि, तिलाहार हुदै स्कुलसम्मको सेवा सुरु भएको छ । हाल विद्यार्थीहरुलाई निशुल्क रुपमा यातायात सेवा संचालन गरेको बताएका प्राचार्य बरालले केही समय पछि बिद्यार्थीसंग न्यूनतम शुल्क लिने, बाँकी आर्थिक यातायातको भार दाताबाट जोहो गर्ने जनाए ।

 

 

कर छुट सहित उक्त ३७ सिटे टाटा कम्पनीको बस खरिद गर्द करिब २४ लाख खर्च लागेको विद्यालयले जनाएको छ । उक्त बस सेवा संचालनको लागि तत्काल विद्यालयले ब्याबस्थापन गरे पनि भुपु विद्यार्थी मञ्चले यसको आर्थिक सहयोग गर्ने भएको मञ्चका अध्यक्ष बालकृष्ण बरालले बताए । उनले भने “हामीले हाम्रा भूपु विद्यार्थीसंग सहयोग संकलन गर्ने तयारीमा रहेका छौं, हाम्रो विद्यालयमा हाम्रा भाइबहिनी पढ्ने वातावरण सृजना गर्न पनि हामीले बस सेवा संचालन गरेका छौं । ” विद्यालयले हालै सम्पन्न भएको स्वर्ण महोत्सवबाट बचत भएको करिब १० लाख र बाँकी बिद्यालयको आन्तरिक श्रोतबाट तत्तकाललाई बस खरिदमा लगानी भएको विद्यालयले जनाएको छ ।

विद्यालय व्याबस्थापन समितिका अध्यक्ष एवं गण्डकी प्रदेशका सांसद रामजी बराल जिवनले सामुदायिक बिद्यालयमा पुरानै ढंगले संचालन गर्दा विद्यार्थीहरुको आकषर्ण घट्दो रुपमा रहेकोले विद्यालयले आफ्नै स्कुल बस सेवा संचालन गरेको बताए । प्राबिधिक शिक्षा पशुपालन भेटनरि अध्यन गर्ने बिद्यार्थी अन्यत्र बाट समेत आउने हुँदा स्कुल बस संचालनले त्यस्ता विद्यार्थी तथा स-साना बाबुनानिहरुलाई सहयोग पुग्ने सांसद रामजी बरालले बताए  । बिहिबार उक्त नयाँ बसलाई पुजा गरी सांसद बरालले औपचारिक रुपमा बस सेवाको उद्घाटन समेत गरेका छन्।

विद्यालयमा नर्सरी देखि १२ कक्षासम्म तथा प्राविधिक शिक्षामा गरी करिब २ सय ५० जना बिद्यार्थीहरु रहेको बिद्यालयका सहायक प्राचार्य दिपकराज पौडेलले बताए । ३३ बर्षका अनुभवी चालक भिमनाथ बास्तोला उक्त बसको चालक हुन्। अंग्रेजी माध्यममा कक्षाहरु  संचालान भइरहेको बिद्यालयमा प्राविधिक धारको बिषय पशु बिज्ञान संचालन हुदै आएको छ भने दिवा खाजाको समेत ब्यबस्था गरिएको   छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button