एउटै घर १५ जनालाई बेच्ने भन्दै लाखौ ठगी गरेको आरोपमा स्याङ्जाकी एक महिला पक्राउ

पोखरा न्यूज – १४, बैशाख । बिभिन्न १५ जना व्यक्तिलाई एउटै घरसहितको जग्गा देखाएर लाखौ ठगी गरेको आरोपमा स्याङ्जाकी एक महिला पक्राउ परेकी छन् ।

घरसहितको जग्गा अरुलाई दिनुभन्दा तपाईंलाईनै दिउँला भन्दै छुट्टाछुट्टै १५ जना व्यक्ति सँग ३३ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा स्याङ्जा पुतलीबजार नगरपालिका बस्ने सुनिता थापालाई प्रहरीले पक्राउ गरेको हो ।

थापाले आफ्नो नाममा पुतलीबजार नगरपालिका- ३ आम्बोटमा रहेको बाटोले छोएको घरसहितको जग्गा दिउँला भनी विभिन्न समयमा १५ जनाबाट रकम लिएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।

थापा र उनका श्रीमान् हुमबहादुरले विभिन्न समयमा रकम लिएको र हानी नोक्सानी पु¥याएको भन्दै पीडितले यही वैशाख १० गते जाहेरी दिएपछि थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

जाहेरी पछि खोजतलास गर्ने क्रममा श्रीमती थापालाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा थप अुनसन्धानका लागि सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले जनाए ।

प्रवक्ता भण्डारीका अनुसार थापा दम्पतीले १५ जनाबाट रु ३३ लाख ३९ हजार ठगी गरेको जाहेरी परेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button