कुश्मामा निर्माण भइरहेको बञ्जीजम्प निर्माण कार्य अन्तिम चरणमा

पोखरा न्यूज – १४, बैशाख । बागलुङको बलेवा र पर्वत सदरमुकाम कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भइरहेको बञ्जीजम्पको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको पुलसहितको बञ्जीजम्पको ८० प्रतिशत काम सकिएको निर्माण कम्पनी ‘द क्लिफ’ प्रालिले जनाएको छ । आगामी साउनसम्ममा सञ्चालनमा ल्याउने गरी काम भइरहेको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।पुलसहितको बञ्जीजम्प र बागलुङको बलेवा क्षेत्रमा रिसोर्ट निर्माणको कामसमेत भइरहेको छ । रु १६ करोड लगानी गरेर बञ्जीजम्प र रिर्सोट सञ्चालनमा ल्याउन लागिएको कार्कीले बताए । कालीगण्डकी नदीको सतहदेखि बञ्जीजम्पको उचाइ २२८ मिटर रहेको छ ।

हालसम्म विश्वमा बनेका बञ्जीजम्पमध्ये चीनले सन् २०१८ मा बनाएको बञ्जीजम्प विश्वकै सबैभन्दा बढी उचाइ भएको बञ्जीजम्प मानिन्छ । सिसाको पुलसहितको त्यस बञ्जीजम्पको उचाइ २६० मिटर छ । दोस्रोमा मकाउ टावरको उचाइ २३३ मिटर छ । “साहसिक पर्यटकको गन्तव्य अब कालीगण्डकीमाथिको पुलसहितको बञ्जीजम्प हो”, कार्कीले भने “पर्यटकलाई ध्यानमा राखेर बलेवा क्षेत्रमा रिर्सोटसमेत बनाएका छौँ ।” कूल २२ रोपनी जग्गामा रिर्सोट फैलिएको छ । “यस क्षेत्रको परिचय अग्ला झोलुङ्गे पुलका रुपमा बनिरहेको छ”, कार्कीले भने “अब म यसलाई साहसिक पर्यटनको स्थल बनाउँछु ।”

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. यस कार्यसंग संलग्न संबंधित सबैलाई आभार प्रकट गर्दछु। अनि यस्तै यस्तै कुशल कर्मचारिको संख्या बढोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button