११ करोड लागतमा निर्माणधीन पोखरा-३ र ११ जोड्ने पुल

पोखरा न्यूज -१८, वैशाख । पोखरा महानगरपालिका वडा नम्बर ३ र ११ जोड्ने स्टील आरक वृज (पुल)को  ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

आगामी एक महिना भित्र उक्त पुल निर्माण कार्य सम्पन्न हुने भएको पोखरा महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष मोहन बाँस्तोलाले बताए । ११.६ मिटरको चौडाई र ८० मिटरको लम्वाइमा उक्त पुल निमार्ण हुदै गरेको अध्यक्ष बास्तोलाले बताए । करिब १८ महिना अघि निर्माण कार्य सुरु भएको उक्त पुल ११ करोड २३ लाखको लागतमा निमार्ण भएको उनले बताए ।

उक्त पुल याक्सल १० टन क्षमताको हुने भएको अध्यक्ष बाँस्तोलाले जनाए । उक्त परियोजना मुक्त्ति हिराचन जेबी कम्पनीले निर्माण गरेको हो भने कम्तिमा ५० बर्ष उक्त पुलको आयु हुने भएको बताइन्छ ।

पुल निर्माण भएसंगै पोखराको सेतीनदी वारपार गर्ने पोखराको महेन्द्रपुल, चाइनापुलको विकल्पमा समेत प्रयोग हुन सक्ने पोखरा महानगरपालिका ३ का वडा अध्यक्ष रविन्सन प्रजुले बताए । हाल केही महिना देखि पोखरा-३ नदीपुरदेखि पोखरा-११ फुलबरी अर्थात मणिपाल हस्पिटल जानको लागि समेत अर्को बाटो जानु पर्ने भएको छ ।

पोखरामा निर्माण भएको पुलहरु मध्य यो पुल अत्यन्तै नयाँ संरचनामा स्टिल बृजको आधारमा निर्माण भएकोले आफुहरुले सोचे अनुसारको यो  दिगो हुने अध्यक्ष प्रजुले बताए । हाल पुलसंगै पुलको पुर्व तथा पश्चिम क्षेत्रमा सडक निर्माणको कार्य समेत भइरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button