प्रदेशमा पर्यटन प्रवर्द्धन गर्न नवलपुरको पार्क भ्यू ले थप २ करोड लगानी गर्दै

पोखरा न्यूज- १९, वैशाख । गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्न नवलपुर (पुर्व) देवचुली नगरपालिका १७ कुलेनी पार्क भ्यू रिभर रिसोर्टमा थप २ करोड लगानी हुने भएको छ ।

गण्डकी प्रदेश सरकारले पर्यटनलाई आर्थिक विकासको पहिलो आधार मानेकोले आफुहरुले गण्डकी प्रदेशमा पर्यटन प्रवर्द्धन गर्नको लागि पनि २ करोडको लगानीमा थप १४ रुम सहितको रेष्टुरेण्ट थप्ने तयारी गरेको रिसोर्ट संचालक पटल प्रसाद चौधरीले बताए ।

टाइगर आइल्याण्ड रिसोर्टको नामबाट २०५६ सालमा स्थापना भएको रिसोर्टमा हाल नाम परिवर्तन सहित २२ रुम रहेकाछन् । कर्मचारी समस्याले गर्दा रिसोर्टले जेनतेन होटल संचालन भए पनि बिचमा केही बर्ष ट्राभल्सबाट लिने बुकिङ समेत लिन सकेन् ।

उनले भने “हामीले केही होला भनेर सकी नसकी होटल क्षेत्रमा लगानी गरे पनि कर्मचारी समस्याले हामीलाइ निकै अप्ठ्यारोमा पारेको छ, होटल तथा रेष्टुरेण्टहरु प्रशिक्षण केन्द्रको रुपमा प्रयोग भएका छन्।” उक्त रिसोर्टले गर्दा परिवार सहित हाल १५ जनाले प्रत्यक्ष रोजगार पाएको बताएका उनले केही समय पछि पुनः थप १५ जना कर्मचारी राख्ने तयारी गरेको जनाए ।

लुम्बिनी र सौराहको बिचमा रहेको त्रिवेणीधाम धार्मिक पर्यटनको समेत उतिकै सम्भावना रहेको उनले जनाए । उक्त रिसोर्टमा एक हजार ५ सय देखि २ हजार ५ सय सम्मका रुमहरु उपलब्ध रहेका छन् । नेपाली खाना सेट ३ सय ७५ देखि अन्य खाना ५ सय शुल्क रहेको छ । करिब ७५ जना क्षेमताको सभाहल रहेको रिसोर्टले जनाएको छ । देवचुलीमा होटल तथा रेष्टुरेण्टमा धमाधम लगानी गर्न थालेको स्थानियले बताए ।

नवलपुरको देवचुलीमा एकै रातमा ४ सय पर्यटक राख्न सकिन्छः सचिव चौधरी

नवलपुर पर्यटन व्यवसायी संघका सचिव समेत रहेका चौधरीले नवलपुरको देवचुली क्षेत्र एकै रातमा करिब ४ सय जना पर्यटकलाई व्यावस्थापन गर्न सकिने बताए । गण्डकी प्रदेशमा पर्ने रेड हाउस, ग्रिन हाउस जंगल रिसोर्ट, चितवन टाइगर क्याम्प, मार्को पोलो जंगल रिसोर्ट, आइल्याण्ड जंगल रिसोर्ट, मचान भिल्ला, थारु लज सहितका ठुला साना गरी करिब १५ वटा होटलहरु रहेको उनले जनाए ।

पिप्रहर सामुदायिक होमस्टेमा करिब ४० जना पर्यटकलाई व्यावस्थापन गर्न सकिने उनले जनाए । होम स्टेमा रुमको ८ सय र खानाको भने २ सय ५० देखि ३ सय रुपैया पर्ने सचिव चौधरीले जनाए । उक्त क्षेत्र नजिक थारु होम स्टे, वरैली होम स्टे लगायतका होम स्टले समेत पर्यटकहरुलाई थप आकषर्ण गरेको सचिव चौधरीले जनाए ।

उक्त क्षेत्रमा चितवन राष्ट्रिय निकुन्ज रहेकोले आगन्तुक पाहुनालाई जंगल सफारी, डुंगा सयर, हात्ती सयर, ट्रेकिङ लगायतका पर्यटनका आकषर्णको रुपमा रहेको उनले जनाए । त्रिवेणस्मा बोटिङ गर्न सकिन्छ भने तीन दिनसम्मको
क्याम्पिङ समेत हुने भएको सचिव चौधरीले जनाए ।

रामायण लेखेको स्थल भएको हुनाले त्रिवेणीधाम निकै ऐतिहासिक भएको बताइन्छ । लभकुश जन्मेको र वाल्मीकी, भिम वाध समेत सो क्षेत्रमा रहेको उनले जनाए । ऐतिहाकिक जंगल जनावर तथा चरा चुरुङगी समेत भेटिने भएकोले केही व्यत्तिलहरु रिसर्चको लागि महिनै दिनसम्म सो क्षेत्रमा अध्ययन अवलोकनको लागि बस्ने गरेको सचिव चौधरीले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button