पोखरामा सुजुकीको आधुनिक सर्भिस सेन्टर सञ्चालन

पोखरा न्यूज- १९, वैशाख । सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पको गण्डकी तथा धवलागिरीको आधिकारिक बिक्रेता बतास ब्रदर्स प्रा. लि.ले पोखरामा आधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । हालको सर्भिस सेन्टरको क्षमता वृद्धि गरेर करीब तीन करोड ५० लाख लगानीमा स्पेयर पार्टस् सहितको सर्भिस सेन्टर सञ्चालनमा ल्याईएको कम्पनीले जनाएको छ ।

पोखरा महानगरपालिका–९ नयाँबजारमा रहेको सो सर्भिस सेन्टरको सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी र बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्तराज बतासले बिहीबार एक कार्यक्रम बीच संयुक्त रुपमा उद्घाटन गरे । दशहजार स्क्वायर फिटमा फैलिएको सर्भिस सेन्टरमा आठ वटा काम गर्ने बे रहेको र मासिक एक हजार गाडी सर्भिसिङ्ग गर्न सक्ने क्षमता रहेको छ ।

सुविधा सम्पन्न तथा अत्याधुनिक मेसिन तथा औजारहरुले सुसज्जित रहेको र २८ जना प्राविधिक कर्मचारीले सेवा दिने बतास ब्रदर्शका कार्यकारी निर्देशक प्रमेश पराजुलीले जानकारी दिए। ‘सर्भिस सेन्टरमा बडी मेन्टिनेन्स सप, पार्ट सप तथा इन्जिन मर्मत एरिया गरी छुट्टा छुट्टै शाखामा विभाजन गरिएको छ । सुजुकी डाइग्नोस्टिक टुल्स तथा कम्प्युटराइज्ड सिस्टम द्वारा गाडीको चेक जाँच गर्दछौँ ।’ पराजुलीले भने ।  सुजुकीको विश्वव्यापी मापदण्डलाई पूर्ण रुपमा पालना गरी गाडीको सर्भिसिङ्ग गरिने र ग्राहकहरुको लागि सुसज्जित लाउन्जको व्यवस्था गरिएकाले ग्राहकले आफ्नो गाडी सर्भिसिङ्ग भइरहेको अवलोकन गर्न सक्ने व्यवस्था गरिएको सर्भिस डाईरेक्टर विनोज पोटेले बताए।

कार्यक्रममा सिजी मोटोकर्पका निर्देशक चौधरीले सुजुकीको विक्रीको पछिको सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्धेश्यले तीन वर्षभित्रमा देशका दुई सय स्थानमा सर्भिस सेन्टर स्थापना गर्ने योजना रहेको बताए ।
उनले सुजुकी हाल देशमा सर्वाधिक विक्री हुने ब्राण्ड बनेको र अन्य ब्राण्डसँगको प्रतिश्पर्धामा डबल अन्तर रहेको दाबी गरे ।

बतासका प्रवन्ध निर्देशक शान्तराज बतासले ट्याक्सीका गा्रहकहरुका लागी लक्षित गरेर साँझ ६ बजे बाट ८ बजे सम्म एक्सप्रेस ट्याक्सी मेन्टेनेन्स सेवा प्रदान गरिने बताए। उनले भने,“बिक्री पछिको सेवा महत्वपूर्ण हुन्छ किन भने यसले ग्राहकको भावना एवं मूल्य सँग प्रत्यक्ष सरोकार राख्दछ,ग्राहकको चाहनालाई मध्यनजर गरी अन्तर्राष्ट्रिय सुजुकीको मापदण्ड अनुरुप सेवा प्रदान गर्नेछौं” गण्डकीका गोर्खा, वालिङ्ग, वुर्तिवाङ्ग, दुलेगौडा, बेनी तथा दमौलीमा सञ्चालित सर्भिस सेन्टरहरुबाट सेवा प्रदान गरिंदै आएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा सिजी मोटोकर्पका सेल्स तथा मार्केटिङका डेपुटी महाप्रवन्धक शिरज पन्त, आफ्टर सेल्स हेड श्याम श्रेष्ठ, ट्याक्सी व्यवसायी समिति पोखराका अध्यक्ष प्रकाशमणी तिवारी तथा बतास व्रर्दशका डेपुटी जनरल म्यानेजर विश्वमणी भण्डारी लगायतले सर्भिस सेन्टरका बारेमा भनाई राखेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button