पोखराको सामुदायिक विद्यालयमा जापानीज नागरिकद्धारा १७ लाखको अक्षयकोष

पोखरा न्यूज -२०, वैशाख । पोखराको एक सामुदायिक विद्यालयमा जापानीज नागरिकले करिब १७ लाखको अक्षयकोष स्थापना गरेका छन् । पोखरा महानगरपालिका २२ (पुम्दी भुम्दी) कालाभाङमा रहेको भगवती आधारभुत विद्यालयमा बुद्ध फाउण्डेसन जापानका संस्थापक अध्यक्ष डा. ताकाजी यामागुचीले १६ लाख ९० हजार ४ सय ५० रुपैयाको अक्षयकोष स्थापना गरेका हुन् ।

उक्त कोषबाट प्राप्त हुने व्याजबाट संस्थापक अध्यक्ष यामागुची सहितको एक टोलीले शुक्रबार विद्यालयमा आयोजित स्पोटर्स मिट समापन समारोहमा छात्रवृत्ति वितरण गरेका हुन् । बिद्यालयका १५ जना छात्र/छात्रालाई छात्रवृत्ति स्वरुप जनही ३ हजार ५ सय रुपैया संस्थापक अध्यक्ष डा. यामागुची, फाउण्डेसनका अध्यक्ष योशीकाजु कातो लगायतले वितरण गरेका हुन् । गत बर्ष संस्थापक अध्यक्ष डा. यामागुची बिद्यालयमा छात्रबृत्ति वितरण गर्न असमर्थ भए पछि विद्यालयले गत बर्षको समेत छात्रबृत्ति यसै बर्षमा वितरण गरेको बिद्यालयका कार्यवहाक अध्यक्ष प्रकाशचन्द्र गुरुङले बताए ।

उक्त अक्षयकोष तीन बर्ष अघि स्थापना भएको हो । यामागुचीको पहलमा विद्यालयमा ५४ लाखको लागतमा १२ कोठे पक्की भवन निमार्ण भए पश्चात भूकम्पको समयमा पनि भवनमा कुनै समस्या नआएको भन्दै संस्थापक अध्यक्ष यामागुचीले तत्कालिन अध्यक्ष प्रकाशचन्द्र गुरुङलाई राम्रो काम गरेको भन्दै एक हजार अमेरीकि डलर दिएका थिए । उक्त रकम गुरुङले व्यक्ति गत रुपमा प्रयोग नगरी यामागुचीकै नाममा अक्षयको स्थापना गर्ने भनि पत्र पठाए पछि यामागुचीले उक्त कोषमा बृद्धि गर्दै १६ लाख ९० हजार पुराएको कार्यवहाक अध्यक्ष गुरुङले जनाए । आफुलाई दिएको रकम व्यक्तिगत रुपमा प्रयोग नगरी राम्रो काममा लगाउदा विद्यालयलाई ठुलो रकम प्राप्त भएकोमा गुरुङ खुसि भएकाछन् ।

फाउण्डेसनका संस्थापक अध्यक्ष डा. यामागुचीको नाममा स्थापना भएको अक्षयकोषबाट बार्षिक रुपमा ९२ हजार रुपैया व्याज प्राप्त हुने जस मध्यबाट करिब ५० प्रतिशत छात्रवृत्ति र बाँकी ५० प्रतिशत बिद्यालयका शिक्षकहरुको तलवमा खर्च गर्दै आएको कार्यवहाक अध्यक्ष गुरुङले बताए । गत बर्ष र यस बर्ष सुस्मा पौडेल विद्यालयमै उत्कृष्ट अंक ल्याउन सफल भएकी थिइन भने छात्र तर्फ यस बर्ष अनुस नेपाली र गत बर्षसोहान गुरुङले उत्कृष्ट अंक ल्याएका थिए । पौडेल कक्षा ३ मा अध्ययनरत छन भने उनले यस बर्ष ९३.६ प्रतिशत ल्याएकी थिइन् । त्यसै गरी गुरुङ कक्षा ४ मा अध्ययनरत बिद्यार्थी हुन भने नेपाली कक्षा २ मा अध्ययनरत रहेकाछन् । उनीहरु सहितका बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो ।

कार्यक्रममा हेरालो प्रतिष्ठानका अध्यक्ष झम गुरुङ, पुर्व अध्यक्ष रोस गुरुङ, बुद्ध फाउण्डेसनका सदस्य जगन गुरुङ, कालाभाङ घरेडी पोखरा तमु समाजका अध्यक्ष दुर्गा बहादुर गुरुङ, बिद्यालयका सहायक प्राध्यानाध्यापक जाप प्रसाद गुरुङ लगायले विद्यालयको गुणस्तरिय शिक्षामा आफुहरुले सक्दो सहयोग गर्नेमा जोड दिए । विभिन्न खेलमा विजेता भएका बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । यसै बिच शुक्रबार तिहार देखि बिद्यालयसम्म साँढे दुई किलोमिटर रिले दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्रदिप बरालको समुह प्रथम भएको छ । प्रतियोगितामा ५ टिम सहभागि भएका थिए भने एक टिममा ५ जना रहेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button