एक अर्ब लागतमा माछापुच्छ्रेको चिसो पानी अन्नपूर्ण गाँउपालिकामा ल्याउदैछौ : प्रमुख कुवंर

करिब ४० हजार जनता लाभान्वित हुने

पोखरा न्यूज – २०, वैशाख । माछापुच्छ्रेको २५ सय मिटर उचाइमा रहेको चिसो पानी अन्नपूर्ण गाँउपालिकामा ल्याउने गृहकार्य सुरु भएको अन्नपूर्ण गाँउपालिका प्रमुख युवराज कुंवरले बताए ।

लान्दु्रक पोखरा समावेसी समाजको शुक्रबार पोखरामा आयोजना भएको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा वोल्दै प्रमुख कुवंरले अन्नपूर्ण गाँउपालिका ७ मा पर्ने माछापुच्छ्रेको चिसो पानी अन्नपूर्ण गाँउपालिकाका  १ देखि ७ वटा वडासम्म वितरण गर्ने गृहकार्य सुरु भएको बताएका हुन् ।

उनका अनुसार यस चालु आर्थिक बर्षमा उक्त प्रोजेक्टको लागि १५ लाखको लागतमा डिपिआर समेत तयार भएको छ । संघिय सरकारबाट करिब एक अर्बको लागतमा उक्त परियोजना हुने भएको उनले जनाए । उक्त क्षेत्रको पानी अन्नपूर्ण गाँउपालिकामा लैजादा करिब ४० हजार जना लाभान्वित हुने भएको प्रमुख कुवंरले जनाए । हाल अन्नपूर्ण वासिहरुले १३ किलोमिटर टाडाको दुरीबाट जेनतेन गरी पिउने पानीको व्यबस्थापन गरेका छन्।

समाजका अध्यक्ष क्या.गणेश बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सल्लाहकार चन्द्र बहादुर गुरुङ, समाजसेवी प्रेम बहादुर गुरुङ, भरत गुरुङ, चेत बहादुर गुरुङ, कार्यक्रम संयोजक राम गुरुङ, समाजका कार्यवहाक सचिव श्याँम लामिछाने लगायतले वोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button