पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड अन्धकार !

पर्यटन व्यावसायी भन्छन सुरक्षामा चुनौती थपियो

पोखरा न्यूज -२२, वैशाख । पोखराको मुख्य पर्यटकीय स्थल  लेकसाइड क्षेत्रमा जडान भएका  सोलार लाइट रातको समयमा नवल्दा स्थानिय र पर्यटकले समस्या भोग्नु परेको छ । विगत केही समय देखि पोखराको मुख्य पर्यटकीय क्षेत्रमै सोलार लाइट नवल्दा बेलुका देखि रातको समयमा हिडडुल गर्ने स्थानिय देखि पर्यटकहरु सबैले  समस्या भोग्नु परेको स्थानियले  गुनासो गरेका छन् ।

पोखराको  फेवाताल किनारा स्थित  फुटट्रयाकका  करिब ७० प्रतिशत सोलार लाइट बल्दैनन्। फेवाताल किनाराको  बाराहीघाट देखि हल्लनचोक हुदै बंगलादी सम्मका करोडौ मूल्यका करिब दुई तिहाइ जसो  सोलार लाइट बल्दै बल्दैनन् । आगन्तुक पाहुनाहरुको लागि फुटट्रयाक निर्माण भए पनि रातको समयमा उक्त क्षेत्रमा हिडडुल गर्नेलाई निकै समस्या पर्ने गरेको छ । फुटट्रयाकमा जाने भित्रि गल्लीका  तिनवटै फलामे गेट माथिका  सोलार लाइट नबल्दा बारमा ठोकिएर स्थानिय देखि पर्यटकलाई धेरै दुःख समेत हुने गरेको छ ।

सोलारलाइट नहुँदा महिलाहरुलाई रातिको समयमा उक्त क्षेत्रमा हिडडुल गर्दा समेत थप चुनौती भएको स्थानिय राजन सुनारले बताए । फेवाताल किनाराका धेरै सोलार लाइट नवल्ने हुदा स्वदेशी तथा विदेशी पाहुना सहितका स्थानियलाई रातको समयमा हिडडुल गर्न नै समस्या रहेको उनले जनाए ।

आफ्ना केही साथीहरुसंग बेलुका पख फेवाताल घुम्न निस्केका शिव देवकोटा समेत फुटट्रयाक को छेउ छेउमा  जडान भएका सोलार लाइट नबालेको देखेर अचम्मित भए । पोखरालाई पर्यटनको राजधानि बनाउने चर्चा भइरहदा जडान भएका सोलार लाइटको उचित प्रयोग हुन नसक्नुमा  महानगरको गम्भिर लापरबाही रहेको उनले आरोप लगाए ।

पोखरामा पर्यटन व्यवसायी, स्थानिय र मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत सरकार, पोखरा महानगरपालिकाको सहयोगमा जडान भएको सोलार लाइट फुटट्रयाकमा मात्र हैन पर्यटकीय क्षेत्र लेकसाइडका मुख्य चोक हल्लनचोक, बाराहीचोक, डिहीकोपाटन चोककै कतिपय सोलार लाइट बल्दैनन् । त्यतिमात्र हैन पोखराको न्यूरोड, शान्ति नगरचोक लगायतका अन्य ठाँउमा जडान भएका सोलार लाइट नबल्दा स्थानिय र पर्यटकलाई रातिको समयमा अप्ठारो पर्ने गरेको छ। यस बिषयमा स्थानिय देखि विभिन्न संघ संस्थाले महानगरसंग गुहार्दै सोलार लाइट मर्मत संहार गर्न पटक पटक आग्रह गर्दा कुनै सुनुवाई नगरेको स्थानियले गुनासो गरेका छन्।

गण्डकी प्रदेशको राजधानि जस्तो शहरमा प्राप्त सोलार लाइटलाई उचित ढंगले समयमै मर्मत संहार गर्न नसक्दा हाल पोखराको शुरक्षामा समेत चुनौती थपिएको पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपी बहादुर भट्टराइले बताए । भट्टराइको संयोजकत्वमा लेकसाइडमा विगत ५ बर्ष अघि उर्जा मनत्रालय, सिाइजी कम्पनी, स्थानियको साझेदारीमा एक सय एक सोलार लाइट जडान गरिएको थियो । उक्त सोलार परियोजनामा स्थानियको करिब ४० लाख परे पनि हाल समयमै मर्मत संहार हुन नसक्दा आफुहरुलाई निकै नरमाइलो अनुभव भएको उपाध्यक्ष भट्टराईले गुनासो गरे । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडको हरेक गल्ली गल्लीमा सोलार लाइटको साथमा अत्याधुनिक सीसी क्यामरा जडान गर्नु पर्ने उनले माग गरेका छन् । उनले भने “पोखराको मुख्य पर्यटकीय क्षेत्रमा स्थानिय र प्रदेश सरकारको ध्यान पुगेको छैन, पर्यटन प्रवर्द्धन गर्ने भन्दै कहाँ कहाँ खर्च भएको छ ? ” पर्यटन व्यवसायीहरुले हालै करिब ५ लाख ५० हजारको लागतमा अत्याधुनिक नाइटभिजन सहितका २४ वटा सीसी क्यामरा समेत लेकसाईड क्षेत्रमा जडान गरेको उनले जनाए ।

पोखरा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेको समन्वयमा मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले पोखरा महानगरपालिकालाई करिब दुई बर्ष अघि १ हजार थान सोलार लाइट सहयोग गरेको थियो । मागेर ल्याएको सोलार लाइटको हाल मर्मत सम्हारमा महानगरले कुनै चासो नदिएकोमा आफुहरुलाई निकै अप्ठ्यारो महशुस भएको निवर्तमान अध्यक्ष पालिखेले बताए । उनले भने “ विदेशी दाताबाट प्राप्त भएको पोखराको लागि सोलार लाइटको महानगरले समयमै चासो खाँचो नदिनु हामीलाई निकै दुःख लाग्छ, धेरै पटक महानगरमा यस बिषयमा मर्मत संहार गर्न आग्रह गर्दा पनि मेयर सावले यसलाई गम्भिर रुपमा लिनुभएन् ।” नेपाल सरकारको अर्थ मन्त्रालयले पत्र नदिएको कारणले गर्दा थप एक हजार थान सोलार लाइट नेपाल भित्राउन नसकिएको पालिखेले गुनासो गरे ।

स्थानिय होम बुढाथोकीले रातको समयमा सोलार नहुदा पर्यटकीय क्षेत्रमा अनैतिक कृयाकलाप समेत बढ्न सक्ने खतरा भएको बताए । पोखरा आलुमाइलाचोकका भोला सुबेदीले पोखराका विभिन्न ठाउँमा सोलार लाइट नियमित रुपमा नवल्ने बताउदै बिजुलीका केही पोलमा भने अझै पनि अब्यबस्थित ढंगले बत्ती बली रहने समस्या रहेको जनाए ।

पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले सोलार लाइटको व्याट्रिको समस्याले गर्दा हाल पोखराका बजारमा जडान भएका सोलार लाइट बल्न नसेकेको बताए । उनले भने “ आउदो आर्थिक बर्षमा यसलाई केही बजेट पारेर मात्र यसको व्याबस्थापन गर्न सकिन्छ तर तत्काल यसको समस्या समाधान गर्न सक्ने अबस्थामा छैनौं ।” महानगरले करिब ४ करोड खर्चमा सोलार लाइट मर्मत गर्ने योजना अघि सार्ने भएको छ ।

उता महानगरले पोखराको सोलार पोलमा राखिने प्रचार सामाग्रिको रोयल्टी वापतको ३१ लाख ९ हजार २ सय रुपैया दुई बर्षसम्म पनि उठाउन सकेको छैन  । २०७३ फागुन २३ गते महानगरले पोखरा उद्योग बाणिज्य संघसंग ५ बर्षको लागि बार्षिक १५ लाख ९ हजार ६ सय रुपैया लिने गरी सम्झौता गरेको थियो एद्यपी २ बर्ष भन्दा बढी समय गुज्रिदा पनि उक्त रकम उठान महानगरले चासो दिएको छैन् ।

पोखरा जिरोकिलोमिटर देखि हल्लनचोकसम्मका ७४ वटा सोलार पोलमा राखिने प्रचार सामाग्रिको रोयल्टी वापतको ३१ लाख ९ हजार २ सय रुपैया दुई बर्षसम्म पनि महानगरले उठाउन नसकेको स्थानियले गुनासो गरेका छन् । टेण्डर  नगरी पोखरा उद्योग बार्णिज्य संघलाई  ठेक्का दिएको महानगरले रोयल्टी मार्फतको उक्त रकम समयमै उठाउन नसक्नु थप रहस्यमय भएको आशंका गर्न सकिन्छ । संघसंग महानगरले संम्झौता गरेको ४ दिन पछि २०७३ फागुन २७ गते संघले अर्को पक्ष छांया एड्भटाइजिङ कम्पनीसंग सम्झौता गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button