समाचार प्रभाव: रोकियो फेवाताल सिमसार क्षेत्रमा माटो पुर्ने काम

सांसद बराल भन्छन पुरेको माटो झिक्नुपर्छ

पोखरा न्यूज -२४, वैशाख । फेवातालको माथिल्लो भाग तथा सिमसार क्षेत्रमा माटो पुर्ने काम स्थगीत भएको छ । फेवातालको सिमसार क्षेत्र धमाधम पुरिर्दै शीर्षकमा गत वैशाख १६ गते पोखरा न्यूज डटकम ले समाचार प्रकाशन गरे पछि हाल पोखरा महानगरपालिकाले फेवातालको माथिल्लो भाग तथा सिंसार क्षेत्रमा माटो पुर्ने काम स्थगीत गरेको हो ।

फेवातालको आकार बढाउन महानगरले खपौंदी क्षेत्रमा माटो निकाल्न सुरु गरे पनि उक्त माटो फेवातालको सिरान भागमा केहीलाई गेग्रान भागमा माटो हाल्न अनुमति दिए पछि हाल धेरै ठाउँमा दुरुपयोग गरी सिमसार क्षेत्रमा माटो हालेर पुर्ने काम भएकोले महानगरले तत्काल फेवातालको माथिल्लो भाग तथा सिंसार क्षेत्रमा माटो पुर्ने काम स्थगित गरेको महानगरका सुचना अधिकारी गंगालाल सुवेदीले बताए ।

उनले भने “ केही व्यक्तिले गेग्रान क्षेत्रमा फेवातालको माटो राखेर खेतिपाती गर्ने भनी माटो हाल्न अनुमति दिएका थिए तर फिल्डमा जादा अनुमति दिएकाले र अन्य केही व्यत्तिहरुले धमाधम फेवातालको माथिल्लो भाग तथा सिंसार क्षेत्रमा माटो हालेको देखिएकोले हामीे सिमसार क्षेत्रमा माटो हाल्ने काम स्थगित गरेका हौं । ” फेवातालको आकार बढाउन तालको माटो सित्तैमा झिकेर लान अनुमति दिएको महानगरले सिमसार क्षेत्रमै माटो हाल्न अनुमति दिएपछि सिमसार क्षेत्र पुरेर घडेरी बनाउने कामले तिब्रता पाएको थियो । सिमसार क्षेत्रमा माटो थुपार्ने अनुमति पाएपछि देखाउनका लागि फेवातालको माटो १० प्रतिशत र करिब ९० प्रतिशत माटो पामे माथिल्लो भागबाट खनेर ल्याई सिमसार क्षेत्र पुर्ने कामले तिब्रता पाएको हो  ।

महानगरले त्यसको राम्रो रेखदेख गर्न नसक्दा फेवाताल माथिल्लो भागमा जथभावी रुपमा सिमसार दलदल भागमा ढुंगा माटो हालेर पुरेका थिए । केहीले अन्नवाली लगाउने गरी तल्लो भागमा माटो हालेर पुरेको प्रतिक्रिया दिएका थिए त केहीले जमिनको लेवल मिलाउन माटो हालेको जनाएका थिए । स्थानियका अनुसार केही व्यक्तिले महानगरको अनुगमन नहुदा सिंसार क्षेत्रमा करिब एक हप्ता भन्दा पनि बढो समयसम्मे माटो हाल्ने काम भएको बताए ।

फेवातालको सिरान भाग पामे, चंखपुर लगायतका हिलो दलदल भागमा धमाधम माटो ढुंगाले पुर्ने काम भएको छ । सिंसार क्षेत्रमा जथभावी रुपमा खन्न खोर्सन नपाइने प्रावधान हुदा हुदै पोखरा महानगरपालिकाकै अनुमतिमा पनि पोखराका केही हिलो दलदल भाग पुर्ने काम धमाधम भएको थियो । बर्षादको समयमा विभिन्न खहरेखोलाबाट आउने ठुलो भलपानीले तालको माथिल्लो भागमा लगेर राखेको माटो पुनः तालमै जाने भएको स्थानिय प्रजापति तिमिल्सिनाले बताए ।

गण्डकी प्रदेशका सांसद रामजी बराल जिवनले पोखराको फेवाताल संरक्षणको नाममा तालबाट निकालिको माटो तालको माथिल्लो भागमा लगेर पुर्न दिएर महानगरले गलत काम गरेको जनाए । उनले भने “ महानगरले गर्दा जसरी सिमसार क्षेत्र पुरिन गएको छ अविलम्व साविककै अबस्थामा फर्काउनु पर्छ, साविकको घोलोलाई हिड्ने बाटो जस्ताको तस्तै हुनु पर्छ, अन्यथा त्यसबाट उत्पन्न हुने समस्याको सम्पूर्ण जिम्मेवार मानगरले लिनु पर्छ । ” उनले सिमसार क्षेत्रमा थुपारिएको माटो तुरुन्त झिक्न लगाउनुपर्ने बताए ।

उनले भने – “ज-जसले माटो थुपारेका छन् उनीहरुले माटो हटाएर सिमसार क्षेत्र पहिलेकै अवस्थामा फरकाउनुपर्छ, महानगरले तुरुन्त कदम चालोस ।” फेवातालको खपैदी देखि करिब ४ किलोमिटर टाडा माथिल्लो तटिय भागमा लोकनाथ तिमिल्सिनाले आफ्नो दलदल खेत पुरेकाछन्। उनले भने “ यो मेरो आफ्नो व्यक्तिगत जग्गा हो, यसमा धान खेतिको साथमा अन्य अन्न वाली लगाऔं भन्ने उद्धेश्यले फेवातालको आकार बढाउनको लागि निकालिएको माटो प्रयोगमा ल्याएको हुँ । ”

स्थानिय प्रेमराज तिमिल्सिनाले आफ्ना तीन दाजुभाइले पोखरा महानगरसंगको समन्वयमा आफ्नो धानखेतमा हाल माटो पुर्दै गरेको बताए । उनले करिब १० रोपनी क्षेत्रफलमा आफ्नै विभिन्न जमिन कटान गरी माटो पुर्ने काम गरेका हुन् । फेवातालको माटो महानगरले निशुल्क रुपमा उपलब्ध गराउदै आएको महानगरले जनाएको छ ।

फेवातालको वरिपरि देखि माथिल्लो भागमा समेत जथभावी रुपमा खनिएका कच्ची सडक बाटोको कारणले गर्दा पनि बर्षादमा ढुंगा माटो सिधै फेवातालमा मिसिने गरेको छ । सबच्र्चो अदालतले फेवाताल संरक्षण गर्न आदेश दिएसंगै पोखरा महानगरपालिका र प्रदेश सरकारको पहलमा पोखराको मुख्य पर्यटकीय स्थल फेवातालको बंगलादी क्षेत्रबाट पहिलो चरणमा ३५ हजार घनमिटर ढुंगा, माटो निकालिएको थियोे । दोश्रो चरणमा खपौंदीबाट माटो निकाल्ने अभियान सुरु भएको हो ।

यो पनि पढ्नु होस:

फेवातालबाटै झिकेको माटोले ताल पुरिने खतरा, सिमसार क्षेत्रमा धमाधम माटो थुपारिदै,

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. गर्न खाेजेकाे तर खिचडी जस्ताे हुन भएन प्रभु ! गर्ने नै हाे भने खिचडी हैन दाल,भात,तरकारी अचार जस्तै मिलाएर पकाएपछि खानाकाे मज्जा छुट्टै अांउछ तेयसैले प्रकृया मिलाएर गर्नु पर्छ अनि खानकाे मज्जा छुट्टै अाउ्छ ।खाना काे पारखि र पदमा गर्ने काम उस्तै हाे हात्ती बलियाे कि हात्ती छाप जस्तै , त्यसैले अाउदैन भने सल्लाह सुझाव लिएर काम गर्ने बानी बसालाैं,अालाेचित नबनाैं ✊

  2. फेवा ताल को आकार बढ़ाऊँन खपौड़ी बाट निकालिएको माँटों सीमसार छेत्र पूरनू भंडा पोखरा रंगशाला भित्र लगेर क्रिकेट मैदान को छेउ मा पूरीदियो भने वा Practice Football Ground मा हाली दियो भने बचचIहरु को खुट्टा घायिते हुँनबाट जोगिन्थ्यो । स्थानीय सरकार र प्रदेश सरकार को ध्यान एटा गए हुँथ्यो की ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button