कास्कीका किसान चैतेधान खेतीतर्फ आकर्षित

पोखरा न्यूज – २७, बैशाख । कास्कीका किसान चैतेधान खेतीतर्फ आकर्षित कास्की जिल्लाको सिञ्चित क्षेत्रका किसान चैते धानको खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

चैत महीनामा धानबालीको रोपाइँ गरेपछि तीन महीनाको अवधिमा बाली तयार हुनुका साथै राम्रो उत्पादन पनि हुने थालेकाले किसान आकर्षित भएका हुन् । चैते धानका लागि पर्याप्त पानी र रासायनिक मलको आवश्यकता पर्दछ । कास्की जिल्लामा गतवर्ष ४५० हेक्टर जग्गामा चेत धानखेती गरिएको थियो ।

किसानले एक हजार २११ दशमलव चार मेट्रिक टन उत्पादन गरेको कृषि ज्ञान केन्द्र कार्यालय, स्याङ्जाका प्राविधिक टङ्कप्रसाद चौलागाईंले जानकारी गराए । पोखरा महानगरपालिकाको पटनेरी, माटेमसिना, सुरौदीका साथै कास्कीका सिञ्चित ग्रामीण क्षेत्रको खेतीयोग्य जग्गामा चैतेधानको खेती हुने गर्दछ ।

चालु आर्थिक वर्षमा सोही हाराहारीमा किसानले चैतेधानको खेती गरेका छन् । यसवर्ष समय–समयमा वर्षा भइरहेकाले गत वर्षको तुलनामा उत्पादनमा वृद्धि हुने सम्भावना रहेको उनले  बताए  । चालु आर्थिक वर्षमा कास्कीमा ६ हजार ८२० हेक्टर जग्गामा गहुँखेती गरिएकामा १२ हजार ८२१ मेट्रिकटन गहुँ उत्पादन भएको सो कार्यालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button