बुद्ध जयन्ती: पोखरामा सप्ताह व्यापी कार्यक्रम हुने

पोखरा न्यूज – २७, बैशाख । २५६३ औं बुद्ध जयन्तीको अवसरमा पोखरामा सप्ताह व्यापी कार्यक्रम हुने भएको छ । कार्यक्रमको बारेमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कार्यक्रमकोे पहिलो दिन शितलवनमा निर्माण गरेको पेमा धेछेनलिब गुम्बाबाट शुरु हुने बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए । बैशाख २९ गते बिहान ७ बजे सो गुम्बामा सप्ताहव्यापी कार्यक्रमको विधिवत शुभारम्भ हुनेछ । उक्त दिन गुम्बामा बुद्ध वचन, विश्व शान्ती र प्रज्ञा परमिता बुंम छ्योइ धर्मशास्त्रको दर्शन वाब अभिषेक हुने तामाङले बताए ।

सोही समाजका सदस्य शेरबहादुर तामाङको संयोजकत्वमा विभिन्न व्यवस्थापन उपसमिती पनि बनाइएको छ । जस अन्तर्गत पुजा व्यवस्थापन उपसमितीमा जीवन लामा र पद्मे लामालाई तोकिएको छ । कार्यक्रममा लामा गुरुहरुद्धारा विश्वशान्तीको पुजा तथा बुद्ध बन्दना हुनेछ ।

बुद्ध प्रतिमालाई जल स्नान, पुष्प चढाइ दर्शन, ध्यान, दिप प्रज्ववलन लगायतको कार्यक्रम समावेश गरिएको छ । सप्ताहव्यापी कार्यक्रमको अघिल्लो दिन अम्बोटबाट बुद्ध प्रतिमाको परिक्रमा गरि सोही गुम्वामा पुजाअर्चना गरिने समाजका अध्यक्ष ज्याक तामाङले बताए । सोही दिन युवा बौद्ध संघकोआयोजनामा वालमन्दिर स्कुल नदिपुरमा स्वास्थ्य शिविर हुनेछ ।

बैशाख ३० गते धर्म देशना, भोजन तथा प्राणदान, ३१ गते प्रभातफेरी, गणचक्र पुजा लगायतका कार्यक्रम हुने मुल आयोजक समिती संयोजक नरेन्द्र लालचनले जानकारी दिए । जेठ १ गते धर्मदेशना, प्रवचन समारोहका साथ विभिन्न कार्यक्रमहरु समावेश गरिएको छ । जेठ २ गते भिक्षु सुभद्रको स्मृतिसभा, सरसफाइ जेठ ३ गते भोजन दान कार्यक्रम तय गरिएको छ । जेठ ४ गते शान्ती र्याली, दीप यात्रा, ज्ञानमाला भजनसंगै धर्मशिला बुद्ध विहार भवन निर्माणको शिलान्यास तथा मुल समारोहका कार्यक्रम हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button