शुभम् सहकारीको मानव सेवा आश्रम पोखरामा सहयोग

पोखरा न्यूज – २९, बैशाख । पोखराको शुभम् बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ७ औं बार्षिकोत्सव पोखरा-१७ छोरेपाटनमा रहेको मानव सेवा आश्रममा मनाएको छ ।

सहकारीको सामाजिक  उत्तरदायित्व अन्तर्गत आइतबार आश्रम मै  पुगेर एक समारोहका बिच तीन थान लो वेड सहित फलफुल वितरण गर्दै सहकारीले आफ्नो बार्षिकोत्सव मनाएको सहकारीका अध्यक्ष बिष्णुहरी न्यौपानेले बताए ।

अध्यक्ष न्यौपाने, पुर्व अध्यक्ष द्धय चुडामणि बराल र खेमराज बराल, लेखा समितिका संयोजक कृष्ण प्रसाद पोख्रेल, उपाध्यक्ष सुर्य प्रसाद पौडेल, सचिव तोयानाथ आचार्य लगायले आश्रमका राजन सापकोटा, जेष्ठ नागरिक सुन बहादुर पुन मगरलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सडक पेटिबाट उठाएर ल्याइएका व्यक्तिहरुको लागि सानो सहयोग गरिएको पुर्व अध्यक्ष चुडामणि बरालले बताए ।

आगामी दिनमा यस्तो सहयोगलाई निरन्तरता दिने उनले वचन दिए । उक्त आश्रममा ८२ जना अनाथ तथा असाय एवं विपन्न बर्गका व्यक्तिहरु रहेको आश्रमका राजन सापकोटाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button