१५ बर्षीय बालक हराएको सुचना !

पोखरा न्यूज – ३०, वैशाख । सुर्खेतका १५ बर्षीय  नरेश खत्री धेरै दिनसम्म पनि घर परिवारको सम्पर्कमा नआएको उनका आमा गंगा र बुबा यम बहादुर खत्रीले  जानकारी दिएका छन्  ।

बैशाख १७ गते दिउँसो ३ बजेदेखि घरबाटै छोरा  हराएको आमा गंगाले बताइन । उनि स्थानीय अमरज्योति विद्यालयमा कक्षा ९ मा अध्यनरत थिए  । घरबाट निस्कने बेला कालो रंगको टि-सर्ट र सेतो धर्का बहेको ट्राउजर लागाएको उनको आमा गंगाले बताइन ।

नरेशका आमा गङ्गका  अनुसार उनि ९ कक्षाको परिक्षामा फेल भए पछी बैसाख १० गते पुनः परिक्षा दिन विद्यालयमा गएका थिए ।  विद्यालयको पोसाक नलगाएको भएर उनलाई परिक्षामा समाबेश गरिएन,  घर आएर विद्यालयको पोसाक लगाएर विद्यालय पुगे तर उनलाई परिक्षामा समाबेश गर्नुको सट्टा उल्टै प्रधानाध्यापकले  हातपात गरि  परिक्षाबाट बन्चित गरियो र तेस घटाना पछी उनि १७ गते बाट  परिवारको सम्पर्कमा आएका छैनन् ।

निजलाइ भेट्नु  हुने महानुभावले नजिकको प्रहरी चौकी वा निजका बुबा यम बहादुर खत्री +9779843080250 मा सम्पर्क गरि दिन  अनुरोध गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button