पोखरा न्यूज – ३०, बैशाख । पोखरा – ६ बाटुलेचौरमा एक नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ ।
बाटुलेचौरको अम्बिका टोल स्थित बासघारीमा सालनाल नकाटिएको अवस्थामा सोमबार नवजात शिशु (छोरी) फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता डिएसपी गोबिन्द पुरीले जनाएका छन् ।
प्रहरी प्रवक्ता पुरीका अनुसार जिवितै अवस्थामा फेला परेको नवजात शिशुलाई उपचारको लागि मातृशिशु अस्पताल लामाचौरमा पठाइएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।