पोखरामा १५ करोड लागतमा कुन्ती मल संचालनमा

पोखरा न्यूज – ३१, बैशाख । पोखराको व्यस्त बजार पृथ्बीचोकमा नुन देखि सुनसम्मका दैनिक उपभोग्य बस्तुहरु उपलब्ध गराउने उधेश्यले  कुन्ती मल  संचालनमा आएको छ ।

पोखरा क्षेत्रका आम उपभोक्ताहरुलाई एकै छानामुनि सबै दैनिक उपभोग्य वस्तुहरु उपलब्ध गराउने उधेश्यले उक्त मल नयाँ संरचना सहित हालै संचालनमा ल्याइएको संचालक मध्यका एक निरन्जन बजिमयले बताए । उक्त मलमा हाल १ सय २३ वटा सटरहरु रहेका छन् । ४० प्रतिशत सटरहरु अझै खाली रहेको संचालक बजिमयले बताए । तीन तले पक्की उक्त भवन निमार्ण गर्न करिब १५ करोड लगानी भएको उनले जनाए ।

भवनमा अण्डर ग्राउन्डमा पार्किङको ब्यबस्था गरिएको छ भने पहिलो तलामा चंगा डिपाटमेन्ट स्टोर्स, सुनचाँदी पसल, फेन्सि रेडिमेट, ट्राभल्स लगायतका व्यपारीक प्रतिष्ठानहरु रहेका छन् । दोश्रो तलामा भने ६ सयमा भाडाँकुडा देखि लत्ता कपडा उपलब्ध गराउने बिग बजार, मोवाइल, चस्मा, हेण्डसम पालर रहेका छन भने तेस्रो तलामा भने हाल खाली रहेको छ । तेश्रो तलामा रेष्टुरेण्ट सहितको अन्य व्यवसायीक प्रतिष्ठानहरु रहने भएको बजिमयले जनाए ।

शिवशंकर अफ्सेट प्रेसका संचालक समेत रहेका वजिमयले आफ्ना बाबु वसन्तलाल बजिमयले पोखरामा सुरु गरेको अफ्सेट प्रेस सहितको व्यपारी मललाई समय अनुसार व्यवसायीमा परिस्कृत गर्दै अघि बढेका छन्। बजिमय परिवारले प्रभु गुरुङ परिवारसंगको साझेदारीमा उक्त मल संचालन गरेका हुन्।

बजिमय परिवार र गुरुङ परिवारले २०४७ सालमा ४० कोठे पक्की भवन सहितको व्यपारीक मल बनाएका थिए । सुरुको करिब ५ बर्ष समम व्यपारीक मलले धेरै राम्रो भए पछि त्यस पछि विस्तारै मलमा व्यपार घट्दो रुपमा रहेको उनले जनाए । पोखरामा अझै पनि राम्रो व्यपार गर्नेहरुलाई ठाउँको अभाव भएको महशुस भएर आफुहरुले संयुक्त रुपमा लगानी गरेको बजिमयले जनाए ।

बसन्तलाल बजिमयबाट छोरा निरन्जनलाई पुस्ता हस्तान्तरण भएको छ भने प्रभु गरुङबाट छोरा युवा व्यवसायी विवेक गुरुङलाई पुस्ता हस्तान्तरण हुदैछ । उक्त मलमा शान्ति सुरक्षाको पुर्ण ग्यारेन्टी भएको बताउदै बजिमयले मलमा सीसी क्यामरा, सरसफाइ, सुरक्षा गार्ड, फायरफाइटिङ लगायतका सेवाहरु रहेको जनाए ।

करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको उक्त मलको दुबै तर्फ सटरहरु र बिच भागमा खाली राखिएको अर्का  संचालक विवेक गुरुङले बताए । वेलायतमा बिजनेसमा मास्टर्स गरेका विवेकले करिब ४ बर्ष जसो विदेशमा अध्यनका साथमा  जागिर गरेर स्वदेशमा फर्किएसंगै मल सहित आफ्नो डिपाटमेन्टल स्टोर्स र ट्राभल्स समेत संचालन गरेका छन् ।

उमेरले २७ बर्ष पुगेका विवेक आफ्नै गाउँ ठाउँमा केही गर्नु पर्छ भनि विदेशबाट फर्किएर आफ्नो बाबुको व्यवसायलाई साथ दिएको बताउछन । अध्ययनको क्रममा विवेकले बार्षिक २० लाख जसो आम्दानी गरी आफ्नो अध्ययन खर्चको जोहो आफै काम गरेर गरेको उनले जनाए ।

मलमा अनुभवी व्यपारीकहरु भएकोले मलको प्रवर्द्धन हुने उनले जनाए । गुणस्तरिय र ब्राण्डेडका सामानहरु मलमा ल्याउन व्यपारीहरुलाई आफुहरुले आग्रह गरेको विवेकले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button