कलाकारलाई व्यवसायीक बनाउनु पर्छ: सांसद गुरुङ

पोखरा न्यूज – ३१, बैशाख । गण्डकी प्रदेशका सांसद मीना गुरुङले साहित्य र चलचित्रकर्मीहरुको लागि सौन्दर्य पनि उतिकै आवश्यक भएको बताएकी छन्।

गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) को आयोजनामा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पोखरामा संचालन भएको एक दिने सौन्दर्य शास्त्र, साहित्य र चलचित्र बिषयक गोष्ठीको उद्घाटन गर्दै सांसद गुरुङले साहित्य र चलचित्रकर्मीहरुको लागि सौन्दर्यता पनि उतिकै आवश्यक भएको बताएकी हुन्।

देशको कला संस्कृति र मौलिकपनलाई संरक्षण गर्न सवैलाई आग्रह गर्दै सांसद गुरुङले कलाकारलाई व्यवसायीक बनाउनु पर्नेमा जोड दिइन् । बरिष्ठ साहित्यकार राजन मुकारुङले गोष्ठीमा सहजीकरण गरेका थिए । गोष्ठीमा ५५ जनाको सहभागिता रहेको जिफानले जनाएको छ ।

जिफानका अध्यक्ष गिरी प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रथम उपाध्यक्ष भोज बहादुर गुरुङ, सल्लाहकार कृष्ण गुरुङ लगायतले बोलेका थिए । कलाकारलाई शसत्तिकरणको लागि उक्त गोष्ठी आयोजना गरिएको अध्यक्ष गुरुङले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button