पोखरामा कौशी खेतीका लागि बिरुवा वितरण

पोखरा न्यूज – ३१, बैशाख । पोखरा महानगरपालिका वडा नम्बर ८ ले कौशी खेतीका लागि विभिन्न तरकारीका बिरुवा वितरण गरेको छ ।

मंगलबार वडा कार्यालय परिषरमा आयोजित एक समारोहका विच वडाध्यक्ष रुद्रनाथ बरालले कौशी खेती सम्बन्धि तालिम लिएका वडाका विभिन्न ९ समुहका प्रतिनिधीहरुलाई भिण्डी, गोलभेंडा, करेला, घिरौंला, लोकल भेण्टा लगायतका बिरुवा वितरण गरेका हुन् ।

पोखरा महानगरपालिका कृषि महाशाखाको सहयोग तथा वडा स्तरिय कृषि सञ्जालको समन्वयमा आयोजित कार्यक्रममा बोल्दै वडाध्यक्ष बरालले वडा ८ का बासिन्दालाई तरकारीमा आत्मानिर्भर गराउने उद्येश्य लिएको बताए । उनले घरमै उत्पादित तरकारीमा रासायनिक मलको प्रयोग नहुने हुँदा स्वास्थ्वर्दक हुने बताए । विहान बेलुका तरकारीको हेरचाह गर्दा, कौशि तथा करेसाबारिमा तरकारी लगाउँदा शरिर पनि स्वस्थ्य र फुर्तिलो रहने उनले औल्याए ।

महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले गत बैशाख १६ र २२ गते पोखरामा आएको भिषण असिनाले यस क्षेत्रमा लगाइएको करोडौंको तरकारी तथा फलफुलमा क्षति पुर्याएको बताउँदै आगामी दिनमा बजारमा तरकारी अभाव हुन सक्ने तथा मुल्यपनि बढ्न सक्ने जनाए । त्यसैले पनि तरकारी फलफुल खेती गर्न जग्गा नहुनेहरुका लागि कौशी खेती महत्वपूर्ण हुने बताए । ध्यानपुर्वक कौशी खेती गरिए यसले एक परिवारका लागि राम्रैसंग गुजारा चल्ने बताए ।

पोखरा–८ कृषि सञ्जालका संयोजक सरस्वती थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य कृष्णमान ठुसाजुले स्वागत तथा सञ्जालका सचिव दुर्गा बरालले सञ्चालन गरेका थिए

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button