पोखरा-२२ को शुक्रराजका विद्यार्थीलाई ४ सय थान कपडा वितरण

पोखरा न्यूज –०२, जेठ । पोखरा महानगरपालिका २२ पुम्दी भुम्दीको शुक्रराज माविका विद्यार्थीहरुलाई ४ सय थान पोसाक पुग्ने कपडा वितरण गरिएको छ । बिहिबार विद्यालयमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा अन्तराष्ट्रिय पशुपति अन्नपूर्ण आश्रम काठमाण्डौका अध्यक्ष जगदिश वैद्यले उक्त सहयोग हस्तान्तरण गरेका हुन्।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष एवं गण्डकी प्रदेशका सांसद समेत रहेका रामजी बराल जिवन, प्राचार्य नरनाथ बराललाई अध्यक्ष बैद्यले उक्त कपडा हस्तान्तरण गरेका हुन् । अध्यक्ष बैद्यले विद्यालयका ७ जना शिक्षिका र २५ जना शिक्षकहरुको लागि समेत विद्यालय पोसाकको लागि ३२ सेट कपडा उपलब्ध गराउने बताए । उनले आफुले विभिन्न क्षेत्रबाट प्राप्त गरेको सहयोग विभिन्न क्षेत्रका विद्यालयमा यसै गरी सहयोग गर्दै आएको बताए । विद्यालयमा कल्याणकारी कोष स्थापनाको लागि समेत उनले सिट मनिको रुपमा एक हजार दिएका छन् उक्त रकममा शिक्षक कर्मचारीबाट संकलन भएको बराबरको रकम पुनः सहयोग गर्ने उनले वचन दिए ।

विद्यालयका अध्यक्ष एवं सांसद रामजी बराल जिवनको अध्यक्षतामा सम्पन्न भएको सहयोग हस्तान्तरण कार्यक्रममा पुर्व प्रमुख जिल्ला अधिकारी नरहरी बराल, प्राचार्य नरनाथ बराल, सहायक प्राचार्य दिपकराज पौडेल लगायतले बोलेका थिए । विद्यालयमा सरस्वतीको मन्दिर निमार्ण गर्न आग्रह गर्दै अध्यक्ष बैद्यले मन्दिर निर्माण भए पश्चात मुर्ति र घण्ट आफुले उपलब्ध गराउने बताए । बैद्यसंग आश्रमका बरिष्ठ उपाध्यक्ष श्याम बहादुर डंगो, उपाध्यक्ष पुरुषोत्तम अर्याल, सदस्य सचिव पदमलाल मर्हजन, कोषाध्यक्ष जितलाल डंगोल र सदस्य एवं गण्डकी प्रदेश संयोजक पिक्ताम्वर पाण्डे सेमत सहभागि भएका थिए ।

यसै बिच उनले पुम्दी भुम्दी ठुलीविडीमा रहेको शिव मन्दिरमा करिब ३० किलोग्राम बराबरको घण्टी समेत सहयोग हस्तान्तरण गरेकाछन्। मन्दिरका प्रमुख संरक्षक शोभाखर बराललाई एक समारोहका बिच अध्यक्ष बैद्य सहितको ६ सदस्य टोलीले संयुक्त रुपमा हस्तान्तरण गरेको हो ।

त्यसै गरी पर्यटकीय गन्तव्य पुम्दीकोटको अवलोकन गरे पश्चात अध्यक्ष बैद्यले आफुहरुले बिशाल महादेवको मुर्ति निमार्ण हुने स्थल पुम्दीकोटमा एक सय देखि एक सय ४० किलोग्राम सम्मको पन्चरत्नको घण्ट सहयोग गर्ने उद्घोष गरेका छन्।

आफुलाई राष्ट्रिय समाजसेवी प्रा.डा. भन्ने गरेका अध्यक्ष बैद्यले २०३५ साल देखि आजसम्म बुढानिलकण्ठ नारायण मन्दिरमा व्याबस्थापन समितिलाई हरेक महिना मासिक १० हजार रुपैया बुझाउने गरेको जनाए । उनले शिक्षा, स्वास्थ्य सहित मुर्ति र घण्टामा सहयोग गर्दै आएकाछन्। अध्यक्ष बैद्यले केही समय अघि स्याङजाको वालिङ ४ रत्नेमा रहेको हिमाली माविका बिद्यार्थीहरुलाई समेत ४ सय थान पोसाक पुग्ने कपडा वितरण गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button