जङ्गली हात्तीले किच्दा एकको मृत्यु

पोखरा न्यूज – ०४, जेठ । जङ्गली हात्तीको आत्रमणबाट सिरहाको गोलबजार नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ ।

चुरे जङ्गलबाट आएको हात्तीले किच्दा गएराति गोलबजार–१० धर्मपुर गैरीटोलकी ७० वर्षीया वुद्धमाया मगरको मृत्यु भएको हो ।

छिमेकीको घरबाट टिभी हेरेर सुत्न घर फर्किरहेका बेला एक्कासि अगाडि परेको हात्तीले किच्दा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक नवीन घिमिरेले जानकारी दिए ।

हात्तीले गोलबजार–१ मुक्सारमा दुईवटा घरसमेत भत्काएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button