कास्कीको मर्दी हिमाल ट्रेकमा धमाधम मापदण्ड विपरीत होटल तथा रेष्टुरेण्ट निर्माण

दीननाथ बराल, पोखरा न्यूज – ४, जेठ । सरोकारवाला निकाय नै मौन बस्दा कास्कीको मर्दी हिमाल पदमार्गमा सार्वजनिक जग्गामा जथभावी रुपमा होटल तथा रेष्टुरेण्टहरु निमार्ण भएका छन्। स्थानिय सरकार, प्रदेश सरकार र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ए–क्याप) मर्दी हिमालको पदमार्गमा पर्ने सार्वजनिक जग्गामा होटल तथा रेष्टुरेण्टहरु निर्माण हुदा समेत  मौन बस्दा  उक्त क्षेत्रमा धमाधम होटल तथा रेष्टुरेण्टहरु निर्माण भइरहेको स्थानियले गुनासो गरेकाछन् ।

अवैधानिक रुपमा १० भन्दा बढी होटल तथा रेष्टुरेण्टहरु निमार्ण, उतिकै सङख्यामा निर्माण हुँदै

अवैधानिक रुपमा निर्माण भएका होटल तथा रेष्टुरेण्टको कुनै पनि क्षेत्रबाट नियमन नहुदा मर्दी हिमालको पदमार्गमा पर्ने क्षेत्र  समेत जथभावी रुपमा फोहोर भएको मर्दी हिमाल ट्रेक व्यबस्थापन समितिका सचिव शिव भण्डारीले बताए । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने मर्दी हिमालको पदमार्गमा अवैधानिक रुपमा करिब १० वटा होटल तथा रेष्टुरेण्टहरु निमार्ण भएको भण्डारीले पोखरा न्यूजलाई वताए । हाल उतिकै सङख्यामा सो क्षेत्रमा होटल तथा रेष्टुरेण्टहरु धमाधम निर्माको क्रममा रहेको समेत सचिव भण्डारीले जनाए ।

मर्दी हिमालमा मापदण्ड विपरित होटल तथा रेष्टुरेष्ट निर्माण नगर्न स्थानियलाई आग्रह गर्दा अटेरगरी वनजंगलनै फडानी हुने गरी होटल तथा रेष्टुरेण्ट संचालन भएको सचिव भण्डारीले दाबी गरे । उनले भने “ संघियताको लागु भए पनि धेरै नियमहरु लागु नभएकोले यसको मौका छोपी मर्दी हिमालको पदमार्गमा केहिले होटल तथा रेष्टुरेण्ट धमाधम निर्माण गरेका छन्, यसमा हामीले वडा कार्यालय, माछापुच्छ्रे गाउँपालिका र ए क्यापलाई समेत जानकारी गराउदा उनीहरु मुक दर्शक भएर बसेका छन् । ”

डुड खर्कदेखि फरेस्टक्याम्प, बादल डाँडा, हाइक्याम्प (भ्यू प्वाइन्ट) सम्मको क्षेत्रमा विगत दुई बर्ष देखि अवैधानिक रुपमा होटल तथा रेष्टुरेण्ट निर्माण भएको स्थानियले गुनासो गरेका छन् । स्थानीयका अनुसार मर्दी हिमालको पदमार्गमा केहीले एक्यापसंग एक प्रकारको सम्झौता गरी चियापसल देखि होटल तथा रेष्टुरेण्ट समेत संचालन गर्दै आएका छन्।

स्थानीय होटल ब्यबसायी अमृत तामाङले विगत दुई बर्ष देखि मर्दी हिमालको पदमार्गमा पर्ने लोक्याम्पमा लोक्याम्प गेष्टहाउस एण्ड रेस्टुरेन्ट संचालन गर्दै आएका छन्। एक्यापले उक्त होटलल निर्माणको क्रममा केही अबरोध गरे पनि आफुले पर्यटकहरुको सेवाको लागि उक्त होटल संचालन गरेको उनले जनाए । ५ रुमको उक्त गेष्टहाउसमा करिब ५० लाख लगानी भएको तामाङले बताए ।

जनप्रतिनिधि भन्छन हामीलाई टेरेनन्

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दुर्गा बहादुर क्षेत्रीले मेर्दी हिमाल तरेक क्षेत्रमा आफुहलाई अटेर गरी विगत देखि हालसम्म पनि केही व्यवसायीले होटल तथा रेष्टुरेण्ट निर्माण गरेको बताए । सार्वजनिक जग्गामा वन जंगल समेत फडानी गरी होटल सहितको स्थायी बसोबासको लागि पक्की भवन बनाउदा आफुहरुले उजुरी गर्दा पनि गाउँपालिकाले केही गर्न नसेको उनले गुनासो गरे । पर्यटकहरुको लागि होटल तथा रेष्टुरेण्ट आवश्यकता भएको भन्दै स्थानियले स्थानिय सरकारलाई नै अटेर गरी होटल तथा रेष्टुरेण्ट निर्माण गरेको उनले पोखरा न्यूजलाई  बताए । मर्दी हिमालको पदमार्गको अधिकाशं भाग वडा नम्बर ९ मा पर्ने भएकोले गर्दा अधिकाशं अबैधानिक होटल तथा रेण्टुरेण्टहरु वडा नम्बर ९ मै निमार्ण भएका छन् ।

माछापुच्छ्रे गाउँपालिकाका प्रमुख कर्ण बहादुर गुरुङले मर्दी हिमालको पदमार्गमा सरकारी सम्पती  माथि जथाभावी भौतिक संरचना निर्माण भएको  बताए । मर्दी हिमालको पदमार्ग पर्यटकीय क्षेत्र भएको आफुहरुलाई स्थानीयले अटेर गरी होटल तथा रेष्टुरेण्टहरु धमाधम निर्माण गरेको उनले जनाए । यस बिषयमा प्रदेश सरकारलाई जानकारी गराउदा कुनै सुनुवाइ नभएको उनले गुनासो गरे ।

एक्याप भन्छ अटेर गर्नेलाई मुद्धा हाल्ने गरेका छौ 

एक्याप पोखराका प्रमुख राजकुमार गुरुङले मर्दी हिमालको पदमार्गमा केहीले अस्थायी रुपमा चिया पसल देखि होटल तथा रेष्टुरेण्ट संचालन गर्न अनुमति लिए पनि पछिल्लो समयमा धेरैले धमाधम आफुहरुलाई अटेर गरी होटल तथा रेष्टुरेण्ट निर्माण गर्ने गरेको जनाए । मर्दी हिमालको पदमामार्गमा पर्ने सार्वजनिक जग्गामा अवैधानिक रुपमा संचालन गरेका केही होटल तथा रेष्टुरेण्टहरुको मुद्धा समेत परेको उनले जनाए । पहिलो पटकमा सम्झाई बुझाई गरेको त्यस पछि पत्र दिएर सार्वजनिक जग्गामा कुनै संरचना निमार्ण नगर्न भनेकोमा अटेर गरेकोले मुद्धा समेत हाल्ने गरेको प्रमुख गुरुङले जनाए ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले सार्वजनिक जग्गाको संरक्षण गर्ने जिम्मा स्थानिय निकाय वडा देखि गाउँपालिकाको भएको बताए । सार्वजनिक स्थलमा जो कसैले कुनै प्रकारको भौतिक संरचना निमार्ण गर्न नहुने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button