पोखरामा निम्तो दिन साइकल चढेर लुम्बिनी

पोखरा न्यूज – ४, जेठ । साइकल सिटि पोखराको आयोजना तथा कास्की जिल्ला साइक्लिङ संघको सह-आयोजनामा बुद्ध जयन्तीको अवसरमा पोखरा देखी लुम्बिनी सम्मको साइकल यात्रा सम्पन्न भएको छ ।

साइकल सिटि पोखराका अध्यक्ष प्रकाश बज्रचार्यको नेतृत्वमा शुक्रबार पोखराबाट हिडेको साइकल यात्रुको टोली आज (शनिबार) लुम्बिनी पुगेको हो ।

टोलीले गण्डकी प्रदेशको आन्तरिक भ्रमण बर्षको निम्तो समेत लुम्बिनीमा बाडेको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्य मार्फत लुम्बिनी बासिलाई टोलीले निम्तो दिएको हो ।

देशमा दिगो शान्तिको कामना सहित प्रदेश नम्बर ५ का स्थानियलाइ गण्डकी प्रदेशमा आउनको लागि निम्तो दिदै उक्त साइकल यात्रा सम्पन्न भएको साइकल यात्रामा सहभागि एक राजन  गंगजुले बताए ।

गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले टोलीलाई शुक्रबार पोखराबाट शुभ यात्राको कामना सहित विदाई गरेका थिए ।

टोलीमा १५ जना सहभागि भएका थिए भने टोलीले शुक्रबार पोखरा देखि पाल्पा १ सय २८ किलोमिटर दुरी पार गरेको हो भने शनिबार बुद्ध जयन्तीको अवसरमा पाल्पा देखि लुम्बिनीसम्म ७५ किलोमिटरको दुरी पार गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button