तनहुँ क्षेत्रमा सडक दुर्घटना बढ्दो

पोखरा न्यूज – ०५, जेठ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नं ४ बुल्दिपुर नजिक गत फागुन १८ गते बस र कार ठोक्किदा कारमा सवार दुई जनाको मृत्यु भयो । त्यसको तीन दिन पछी व्यास नगरपालिका वडा नं १२ घाँसीकुवामा सडकबाट जीप खस्दा दुईको मृत्यु हुनुका साथै ११ घाइते भए ।

फागुन २६ गते रिसिङ गाउँपालिका वडा नं ६ सार्की चौतारास्थित भित्रि कच्ची सडकखण्डमा ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु हुनाका साथै सात घाइते भए । चैत २३ गते पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा यात्रुवाहक बस र ट्रक ठोक्किँदा बसमा सवार १३ जना घाइते भए ।

चालू आर्थिक वर्षको नौ महीनाको तथ्याङ्कअनुसार जिल्ल्लामा अत्यधिक सवारी दुर्घटना भएको देखिएको छ । पृथ्वीराजमार्ग र भित्रि सडकखण्डमा सो अवधिमा सवारी दुर्घटनामा परी ५२ जनाको मृत्यु भएको थियो । सवारी साधनको तीव्र गति, खाल्डाखुल्डी सडक, पैदलयात्रीको लापर्वाहीजस्ता कारणले सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढेको हो ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख पूर्णबहादुर अधिकारि तीव्र गतमिा सवारी चलाउनाले दुर्घटना बढेको बताउछन् । उनका अनुसार तीव्र गतिमा सवारी साधन चलाउने, एकअर्काबीच प्रतिस्पर्धा, सडकमा खाल्डाखुल्डी लगायतले सवारी दुर्घटना बढेको हो । उनले भने, “सडकसमेत ठाउँठाउँमा भत्किएको छ, समयमै मर्मत नहुँदा मोटरसाइकल र स्कुटर बढी दुर्घटनामा पर्ने गरेको छ ।”

पृथ्वीराजमार्गको ७२ किमी भाग तनहुँ जिल्लामा पर्दछ । पृथ्वीराजमार्ग र ग्रामीण भेगमा यो अवधिमा ९६ वटा दुर्घटना भएकामा २०५ घाइते भएका छन् । वैशाख महीनामा मात्रै आठ दुर्घटना भएकामा दुईको मृत्यु हुनाका साथै २७ घाइते भएको उक्त कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा ११२ सवारी दुर्घटनामा ६५ ले ज्यान गुमाएका र १६१ घाइते भएका थिए । अधिकारीका अनुसार सबैभन्दा बढी दुर्घटनामा मोटरसाइकल त्यसपछि बस, जीप, ट्रक, ट्र्याक्टर र माइक्रोबस परेका छन् ।

पृथ्वीराजमार्गको कोत्रे, खैरेनीटार, अकला, गुणादी, कमलाबारी, नाहाला, विमलनगर, पावरहाउस, बरादी, एक्लेफाँट, सत्रसय, मार्कीचोक, आँबुखैरेनी क्षेत्रमा बढी दुर्घटना हुने गरेको छ । दुर्घटना बढी हुने २८ ठाउँमा कन्भेक्स ऐनासमेत राखएिको छ ।

ट्राफिकले तीव्र गतमिा हुईंकिने सवारी नियन्त्रणका लागि राजमार्गमा राडर गनमार्फत गति मापन गर्दासमेत दुर्घटना न्यूनीकरण हुन नसकेको कार्यालय प्रमुख अधिकारि बताउछन् । उनका अनुसार जिल्लामा दैनिक सात स्थानमा ट्राफिक जाँच हुँदै आएको छ ।

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सचेतनाका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ । सवारी दुर्घटनालाई न्यूनीकरण गर्न पैदलयात्री, सवारी चालक, यातायात व्यवसायी र विद्यालयका विद्र्यथीलाइ ट्राफिक नियम सम्बन्धी चेतनामूलक प्रशिक्षण सञ्चालन गरएिको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button