कर दाखिला नगरेको भन्दै आन्तरिक राजश्व कार्यालय पोखराले निकाल्यो १ सय ५ जनाको नाम

पोखरा न्युज – ०५, जेठ । पोखराका चर्चीत व्यवसायी घरनाहरुले नै आन्तरिक राजश्व कार्यालयमा बक्यौता कर रकम दाखिला नगरेको पाइएको छ ।

आन्तरिक राजश्व कार्यालय पोखराले आइतबार पोखराबाट प्रकाशित हुने एक राष्ट्रिय दैनिक पत्रिकामा बक्यौता कर रकम दाखिला गर्ने बारेको सुचना प्रकाशित गरी पोखराका चर्चीत व्यवसायीक घरना सहितका १ सय ५ जना व्यवसायी तथा व्यवसाय प्रतिष्ठानको नाम सार्वजनिक गरेको हो ।

२०७४/०७५ सम्मको मुल्य अभिबृद्धि एक लाख भन्दा माथि, आय कर तर्फ ७५ हजार भन्दा माथि नतिरेका व्यवसायीहरुको ताकेता गर्दा पनि नतिरेका कारण १५ दिने सुचना प्रकाशित गरी सार्वजनिक गरिएको आन्तरिक राजश्व कार्यालय पोखराका सुचना अधिकृत विजय लामिछानेले बताए । यदी कसैले बक्यौता रकम तिरेको विल भौचर भएमा कार्यालयमा सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन्।

उनले भने “ कहिले काँहि सिस्टमको समस्याले केही बक्यौता देखिन पनि सक्छ यदी त्यसो भएमा व्यवसायीहरुले बिल भरपाइ कार्यालयमा आएर पेश गर्न हामीले अनुरोध गर्दछौं, अन्यथा १५ दिन भित्र बक्यौता रकम नतिरे कानूनी कारबाहीको प्रक्रियामा हामी जान बाध्य हुने छौं ।” यदी कुनै व्यक्तिले अर्को व्यक्तिलाई व्यवसाय बिक्रि गरेर बाँकी बक्यौता देखिएमा दुबै जना जिम्मेवारी हुनु पर्ने बताइन्छ ।

बतास ब्रर्दश, दीपलक्ष्मी ब्राइट इन्टरनेशनल प्रा.लि., बुद्ध हस्पिटल एण्ड रिसर्च सेन्टर, शिवशंकर विष्कुट उद्योग, होटल ग्लेसियर प्रा.लि., पोखरा प्याराग्लाइडिङ कम्पनी, भानु इन्टरप्राइज, पन्चरत्न हार्डवेयर, ऋषि एण्ड ब्रर्दश, पाल्स मार्केटीङ लगायतका एक सय ५ जनाको आन्तरिक राजश्व कार्यालयले नाम सार्वजनिक गरेको हो ।

उक्त बक्यौता रकम तोकिएको मितिमा नतिरे आयकर ऐन २०५८ को दफा १०४ देखि १११ सम्मको प्रक्रिया, मूल्य अभिबृद्धि करको हकमा २०५२ दफा २१ (१) तथा अन्तशूल्क ऐन २०५९ को दफा १७ (१) र अन्तः शुल्क नियमावली २०५८ को नियम ९ (१) बमोजिमको कानुनी कारबाहीको प्रक्रिया अपनाई असुल उपर गरिने भएको आन्तरिक राजस्व कार्यालय पोखराले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

आन्तरिक राजश्व कार्यालयले जारी गरेको १५ दिने सूचना ः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button