पोखराका २ विद्यालयमा चाइनिज भाषाको पढाइ हुने, दुइ चाइनिज नागरिक पोखरामा

पोखरा न्यूज –०६, जेठ । पोखरा गैह््रापाटनमा रहेको कुमुदीनि होम्स बोर्डिङ स्कुल र छिनेडाँडामा रहेको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा चाइनिज भाषाको पढाइ सुरु हुने भएको छ ।

समयको माग अनुसार छिमेकी मुलुक चाइनाको भाषा अध्ययन गराउदा विद्यार्थीहरुलाई पछि फलदायी हुने आसले हाल आफुहरुले विद्यालय र कलेजमा एक एक जना जाइनिज नागरिकबाटै चाइनिज भाषाको पढाउन सुरु गर्न लागिएको विद्यालय एवं कलेजका संस्थापक असोक पालिखेले बताए ।

विद्यार्थीेहरुलाई चाइनिज भाषा प्रशिक्षण गराउन चाइना कल्चर सेन्टर काठमाण्डौंबाट दुई जना चाइनिज नागरिक इभा र सोफिया पोखरामा आएको उनले जनाए । उनीहरु मध्य इभा कुमुदिनी होम्स बोर्डिङ स्कुल र सोफिया नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई अतिरिक्त बिषयको रुपमा दैनिक ३ वटा कक्षालाई पढाउने भएका छन भने बिद्यालयको हकमा ५ देखि ७ कक्षासम्मका विद्यार्थीहरुलाई चाइनिज भाषा प्रशिक्षण गराउन लागेको संस्थापक पालिखेले बताए ।

उनीहरुले एक बर्ष स्वयम सेवकको रुपमा नेपालमै बसेर चाइनिज भाषा, कला संस्कृति र चाइनिज भाषा बोल्न सिकाउने भएका छन्। उनीहरुको आवास सहितको खानपानको व्यावस्था भने विद्यालय तथा कलेजले गरेको छ । इभा र सोफियाले आफुहरुले आफ्नो देशको भाषा, कला, संस्कृतिको बारेमा मसिनो गरी विद्यार्थीहरुलाई बुझाउन प्रयत्न गर्ने जनाएका छन् । विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो पढाइ सकिए लगत्तै केही रोजगार सृजना गर्न सकोस भनेर चाइनिज भाषाको पढाइ सुरु गरिएको संस्थापक पालिखेले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button