पोखराको पर्यटन प्रबर्द्धन गर्न भारत र बंगलादेशका टुर अपरेटरलाई निम्तो

पोखरा न्यूज – ०७, जेठ । पोखरा क्षेत्रको पर्यटन प्रबर्द्धन गर्न भारत र बंगलादेशका टुर अपरेटरलाई पोखरामा निम्तो दिएको छ । पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले पोखरा क्षेत्रको पर्यटन प्रबर्द्धन गर्न भारत र बंगलादेशका टुर अपरेटरलाई पोखरामा निम्तो दिएका हुन्।

नेपाल सहित पोखराको पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले मित्र राष्ट्र भारत र बंगलादेशका टुर अपरेटरहरु लाई पोखरामा निम्तो दिएको पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपी बहादुर भट्टराइले बताए । मे २९ देखि जुन ३ तारिख सम्म उनीहरुलाई पोखरा क्षेत्रका पर्यटकीय क्षेत्रहरुको अवलोकन भ्रमण गराइने भएको उनले जनाए ।

गर्मी छल्न पनि भारत र बंगलादेशका पर्यटकहरुलाई पोखरामा निम्तो दिएको उनले जनाए । प्रदेश सरकारले पर्यटनलई विकासको पहिलो प्रथामिकता राखेर आन्तरिक भ्रमण बर्ष घोषणा गरे पनि पर्यटन पुर्वाधार निमार्णमा र पर्यटनका गतिविधिमा प्रदेश सरकरले खासै लगानी नगरेको परिषदका उपाध्यक्ष भट्टराइले गुनासो गरे ।

संघिय सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष सन् २०२० र गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई घोषणा गरेको आन्तरिक भ्रमर्ण बर्षलाई सफल पार्न बी टु बी कार्यक्रमले मद्धत पुग्ने उनले विश्वास लिएका छन्। टुर अप्रेटरहरुलाइ चार दिनको प्याकेजमा नेपालमा बोलाए पनि जुन १ तारिखमा पोखरामा अन्तरक्रिया सहितको बी.टु.बी. कार्यक्रममा उनीहरुसंग पोखरा क्षेत्रका पर्यटन व्यवसायीको छलफलमा पर्यटनका प्याकेज कार्यक्रम प्रदर्शन एवं बिक्रि हुने भएको छ ।

भारत र बंगलादेशबाट करिब ४० जनाको एक टोली काठमाडौं, सिमरा र भैरहवाबाट हवाई मार्ग हुँदै पोखरा आउने हुदा विभिन्न एयरलायन्स कम्पनिहरुसंग समेत समन्वय भएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष शन्तोस पोख्रेलले बताए ।  टुर अपरेटरहरु मे २९ तारिख पोखरा आउने र जुन एकमा माउण्ट कैलास रिसोर्टमा हुने बी टु बी कार्यक्रममा सहभागि हुने भएका छन भने जुन दुईमा उनीहरु आफ्नो गन्तव्यमा लाग्ने भएका हुन् ।

बुद्ध एयर, यति एयरले हवाई फ्लाइट समेत निशुल्क उपलब्ध गराउने भएको पोखरेलले जनाए । नेपाल पर्यटन बोर्डको प्रबर्द्धनमा हुन लागेको कार्यक्रममा पश्चिमाञ्चल होटल संघ, रेवान पोखरा, टान पश्चिमाञ्चल क्षेत्रिय संघ, नाट्टा गण्डकी प्रदेश लगायतको सहयोग हुने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button