पोखरामा ठुलो मात्रामा लागूऔषधसहित ७ जना पक्राउ

पोखरा न्यूज , जेठ – ०९ गते । जिल्ला प्रहरी कार्यालय कास्कीले ठुलो मात्रामा लागूऔषधसहित पक्राउ परेका ७ जनालाई बिहीबार सार्वजनिक गरेको छ ।

कास्की प्रहरीले १ हजार १ सय २८ थान लागूऔषध र १ सय चक्कि नाइट्रोसन सहित पृथ्बिचोकको एक होटलबाट २ महिला र ५ पुरुषलाई पक्राउ गरेको हो ।

लागूऔषध ओसारपोसार गरी बिक्रि बितरण गर्ने गरेको आरोपमा प्रहरीले पोखरा – ०१ का २६ बर्षीय अनिल गुरुङ, पोखरा- २८ का २० बर्षीय शुक्रराज सुनार, पोखरा – १३ का ४४ बर्षीय विक्रम विक र पोखरा- ३२ का ३४ बर्षीय अजय गुरुङलाई पक्राउ गरेको हो । त्यसैगरी प्रहरीले रुपन्देही जिल्ला रोहीणी – ७ धगधगीका ४३ बर्षीय रामबृक्ष कोहार, ४० बर्षिया तेतरी कोहार र २० बर्षीय सोनम कोहारलाई समेत पोखराका डिलरहरुलाई लागूऔषध बिक्रि वितरण गर्ने गरेको आरोपमा पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट बुर्फिनर्फन ३ सय ४१ थान, डाइजापाम ३ सय ४१ थान र फेनेरागन ३ सय ४१ थान र गरी जम्मा १ हजार १ सय २८ थान लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए ।

लागूऔषध कारोबारीले सिमा क्षेत्रका जिल्लाहरुमा आइएमइबाट पैसा पठाएर भारतबाट लागूऔषध खरिद गरि पोखरा भित्राएर प्रयोगकर्ताहरुलाई बिक्रिबितरण गर्ने गरेको अनुसन्धान बाट खुलेको एसपी रानाले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button