मुस्ताङमा बस दुर्घटना हुँदा २ घाइते

पोखरा न्यूज – ११, जेठ । मुस्ताङमा शनिबार बस दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

मुक्तिनाथबाट जोमसोम तर्फ आउदै गरेको ना ५ ख ५७२६ नम्वरको यात्रुबाहक बस वारागुङ मुक्तिक्षेत्र गाउँपालिका- ४ सेल्फी डाँडामा दुर्घटना हुँदा बसका चालक र सहचालक घाइते भएको प्रहरीले जनाएको छ ।

कागबेनीको सेल्फी डाँडा नजिकको घुम्तीमा बस दुर्घटना हुँदा चालक म्याग्दीको मुना गाउँपालिकाका २५ बर्षीय रविन वि.क. र सहचालक भारत विहारका ४७ बर्षीय मोहम्मद मुस्थापा घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता डिएसपी गोबिन्द पुरीले जानकारी दिए ।

दुर्घटनामा परि गम्भीर घाइते भएका दुबैलाई उपचारको लागि जिल्ला अस्पताल जोमसोम पठाइएको प्रहरी प्रवक्ता पुरीले जनाएका छन् । बसमा अन्य यात्रु सवार नरहेकोले अन्य मानबिय क्षति हुनबाट जोगिएको छ । बस अनियन्त्रित भइ सडकबाट करिव ५० मिटर तल खसेको जनाइएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button