१ करोड लागतमा अमेरिकी आइसक्रिम फ्रेन्चाईजी कम्पनिको आउटलेट पोखरामा

पोखरा न्यूज – ११, जेठ । अमेरिकाको आइसक्रिम फ्रेन्चाईजी कम्पनि–३२१ आइसक्रिम लाइभको पहिलो आउटलेट पोखरामा पनि संचालनमा आएको छ । आम पोखरेलीहरु लागि स्वास्थ्यकर आइसक्रिम खुवाउने उद्धेश्यले पोखरा न्यूरोड स्थित भाटभटेनी सुपर मार्केटको ठिक विपरित उक्त कम्पनिको नयाँ आउटलेट संचालनमा ल्याएको संचालक मध्यका एक शन्तोस कुमार घिमिरेले बताए ।

उपभोक्ताहरुले धेरै दिन देखि जमेको आइसक्रिम समेत खाने गरेको बताउदै संचालक घिमिरेले आफुहरुले भने ग्राहक पसलमा पुगे पछि मात्र तत्काल ग्राहकको अगाडी नै आइसक्रिम बनाएर खुवाउने जनाए । शनिबार पत्रकारसंग कुराकानी गर्दै संचालक घिमिरेले पोखराको माग अनुसार आफुहरुले गुणस्तरिय आइसक्रिम उपलब्ध गराउने जनाए । यसैबिच, उक्त आउटलेटको नायिका बर्षा राउतले औपचारिक रुपमा शनिबार उद्घाटन गरेकी हुन् । नायिका राउतले उक्त आउटलेटको उद्घाटन गरेसंगै उनीसंग सेल्फि लिनेहरुको भिड नै लागेको थियो ।

उक्त आउटलेट संचालन गर्दा करिब १ करोडको लगानी भएको संचालकम घिमिरेले बताए । घिमिरे सहित चिन्क्तामणि बाँस्तोला, विनोद न्यौपाने र शेखर कोइरालाको संयुक्त लगानीमा उक्त आउटलेट पोखरामा संचालनमा आएको हो । ड्रागन वल देखि करिब १२ वटा फ्लेवरमा विभिन्न आइसक्रिम उपलब्ध गराउने भएको घिमिरेले बताए । उनका अनुसार एक सय देखि २ सय ८० मुल्य बराबरका आइसक्रिम बजारमा उपलब्ध गराइएको छ । उनले भने “ –३२१ आइसक्रिम लाइभ अत्यन्तै पृथक शैलीको आइसक्रिम हो जसलाइ लाइभ अर्थात आफ्नै आँखा अगाडी बनाइन्छ, जसमा नाइट्रोजन प्रयोग गरिएकोले अन्य आइसक्रिम भन्दा बढी स्वास्थ्यका दृष्टिले लाभदायिक हुन्छ, मिठो, रेशमी पनि हुन्छ । ”

प्रिजर्भेटिभ तथा अन्य रसायन नहाली बनाइने हुनाले यो आइसक्रिम बजामरा उपलब्ध हुने भन्दा बढी स्वस्थ्यकर हुने –३२१ आइसक्रिम लाइभका प्रबन्ध निर्देशक संजोग कोइरालाले बताए । कोइरालाले उक्त आइसक्रिम नेपालमा ११ महिना अघि काठमाण्डौंमा भित्राएका हुन् । काठमाण्डौंको सिभिल मल, लबिम मल, नयाँ बानेश्वर, माछापोखरी र इन्द्रचोकमा स्थापित उक्त आइसक्रिमको आउटलेट पोखरा पछि अब चितवन स्थापना गर्ने योजना रहेको उनले जनाए । कम क्यालोरी हुने हुदा युवामा आकर्षण बढेको उनले दाबी गरे ।

उक्त आइसक्रिम खादा मिठो र सास फेर्दा नाइट्रोजन धुँवा बनेर निस्किने हुनाले पनि यो धेरैले रुचाइएको कोइरालाले बताए । नाइट्रो बल, चिप—विच, आइसक्रिम सेक लगायतका उपलब्ध भएको उनले जनाए । तरल नाइट्रोजन अत्यन्तै चिसो हुन्छ, त्यसलाइ हावामा छोड्ने बित्तिकै क्रिमलाइ जमाएर आइसक्रिम बनाउछ। जसको जम्ने तापक्रम –३२१ डिग्री भएको कारणले आइसक्रिमको नाम नै –३२१ आइसक्रिम लाइभ भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button