गायक सिडी बिजयको नयाँ मार्मिक गीत ‘थरी थरी रैछ माया तिम्रो कुन थरी’- हेर्नुहोस् भिडियो

पोखरा न्यूज – १७, जेठ ।

थरी थरी रैछ माया तिम्रो कुन थरी ।
सस्तो रैछ माया मेरो तिम्रो सुन सरि ।।

भ्वाइस अफ नेपालका बिजेता गायक सि. डि. बिजय अधिकारीको ‘थरीथरी माया रैछ माया तिम्रो कुन थरी’ बोलको नयाँ मार्मिक गीतको भिडियो ओएस आर डिजिटल मार्फत सार्बजानिक भएको छ ।

सुमधुर स्वरका धनी गायक सि. डि. बिजयको स्वरमा रहेको उक्त्त गीतमा घनश्याम श्रेष्ठको शब्द तथा प्रकाश नेपालीको संगीत रहेको छ ।

युवा अवस्थाको माया प्रेम र धोकालाई चित्रित गरिएको गीतको भिडियोमा पछिल्लो क्रममा सफलताको सिखर चुम्दै गरेका मोडल अनिल अधिकारी र मेलिषा खतिवडाले अभिनय गरेका छन् । गीतमा पुरुषोत्तम भारतिको  समेत अभिनय रहेको छ ।

निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा सरोज अधिकारीको छायांकन तथा बिकास धमलाको सम्पादन रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button