पोखरा न्यूज – २२, जेठ । पर्यटकीय नगरी पोखराको मुख्य बजार क्षेत्र पृथ्वीचोकमा अस्तव्यस्त रुपमा झुण्डिएका तारहरू । तारलाई व्यवस्थित नगरिदा पर्यटकीय नगरी पोखरा कुरूप त बनेको छ नै, तारले सवारी साधन आवतजावतमा समेत समस्या दिने गरेको छ ।
गत मंसिरमा पोखरा महानगरका सडक छेउका पोलमा रहेका अव्यवस्थित तार हटाउने अभियान सुरु भएको जनाएको महानगर लगत्तै सुस्ताएको छ ।
तस्वीरः वासुदेव पौडेल