पोखरामा १० उत्कृष्ट कृषक नगदसहित पुरस्कृत

पोखरा न्यूज – ०७, असार । पोखरा महानगरपालिकाको वडा नं १३ ले दश जना कृषकलाई नगदसहित पुरस्कृत गरेको छ । वडामा कृषि उत्पादनका माध्यमबाट योगदान दिने उत्कृष्ट १० कृषकलाई सम्मान गरिएको हो ।

जनही रु १० हजारसहित पुरस्कृत हुने कृषकमा पूर्णकुमारी गुरुङ, धुर्व बराल, बुद्धिबहादुर विक, कमला गुरुङ, फूलमाया गुरुङ, गीता पहाडी, सीता ढुङ्गाना सिग्देल, भोजराज बराल, षडानन्द बराल र बद्री देवकोटा छन् । त्यसैगरी आर्वा विजयमा रहेको स्वास्थ्य चौकीलाई एक रोपनी जग्गा निःशुल्क प्रदान गरेका खम्वासिंह गुरुङलाई पनि सम्मान गरिएको थियो ।

वडाध्यक्ष दर्शन लामाले चालू आवमा वडामा मौरीपालन, टनेल वितरण, भकारो सुधार, सूर्यमुखी फूल खेती, बाँझो जग्गामा जापानीज कटुस, बीउबिजन वितरणलगायत कृषिमा रु २६ लाख ५० हजार बजेट बराबरका कार्यक्रम कार्यान्वयन गरिएको बताए । उनले प्राकृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, फोहरमैला व्यवस्थापन, विकास निर्माण लगायतका क्षेत्रमा सबैसँग सहकार्य गरी नमूना वडा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button