ट्रकमै बलात्कार गरेको आरोपमा कास्की प्रहरीद्वारा २ जना पक्राउ

दीननाथ बराल, पोखरा न्यूज – १२, असार । ट्रकमै बलात्कार गरेको आरोपमा बिहिबार ट्रकका चालक तथा सहचालक गरी दुई जना पक्राउ परेका छन्।

चितवनबाट तनहुँ हुँदै पोखरा आउर्दै गरेको ना १ क ४३४९ नमबरको ट्रकमा एक अर्ध वैश्य महिलालाई लिफ्ट दिएका चालक तथा सहचालकलाई  बलात्कार गरेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङ उर्लाबारी घर भएका ट्रक चालक ३१ बर्षीय विमल ढकाल र सोही ट्रकका सहचालक मोरङकै ३२ बर्षीय गोपाल भण्डारी रहेका छन्। पिडित महिलाले कास्की प्मारहरीमा उजुरी गरेपछी  घटना घटेको केही घण्टामै करणी गर्ने दुई जनालाई दमौलिबाट पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले पोखरा न्यूजलाई  बताए ।

उक्त महिला लिफ्ट मागेर आफ्नो गन्तव्यमा जानको लागि ट्रकमा चढेको बताइन्छ । चितवनदेखि तनहुँसम्म आउदा एक महिला माथि दुई जनाले बलात्कार गरेको पिडित महिलाले प्रहरीलाई दिएको बयानमा उल्लेख गरिएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त महिलाको मेडिकल गर्दा समेत बलात्कार गरेको पुष्टी भएको बताइएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button