स्याङ्जामा ११ सय लिटर अवैध मदिरा नष्ट

पोखरा न्यूज – १८, असार । प्रहरीले स्याङ्जाका विभिन्न भेगबाट एक हजार १०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अभियानअन्तर्गत मङ्गलबार गल्याङ नगरपालिका, पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाका विभिन्न भेगबाट ठूलो परिमाणमा अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए ।

गल्याङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले गल्याङ–१ राम्दीबाट ७५५ लिटर, सेतीदोभान प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पुतलीबजार नगरपालिका–४ नौडाँडाबाट ९५ लिटर र फेदीखोला प्रहरी चौकीबाट खटिएको टोलीले फेदीखोलाबाट २५० लिटर गरी कूल एक हजार १०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो ।

नियन्त्रणमा लिएको तयारी मदिरा तथा कच्चा पदार्थलाई स्थानीय बुद्धिजिवी, भद्रभलाद्मी, स्थानीय जनप्रतिनिधि एवं पत्रकारको रोहवरमा नष्ट गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button