आजको राशिफल : २०७६ असार १९ गते बिहीबार

पोखरा  न्यूज – १९, असार । आज वि.सं. २०७६ आषाढ १९ गते बिहीबार तदनुसार ई. सं. २०१९ जुलाई ०४ तारिख, आषाढ शुक्ल द्वितीया, पुनर्वसु नक्षत्र, कर्कट राशिको चन्द्रमा, व्याघात योग, बालब र कौलव करण ।

आजको चाडपर्व र उत्सव : चन्द्रोदय, श्री जगन्नाथ रथयात्रा, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), अक्षरारम्भ, द्रव्यप्रयोग वा लगानी, घर छाउने/ढलान गर्ने, भोलिको मूहुर्त : चूडाकर्म(छेवर)

आजका लागि अशुभ समय :– राहु काल : दिउँसो ०१:५१ देखि ०३:३५ सम्म यमघण्ट : बिहान ०५:१४ देखि ०६:५८ सम्म गुलिक काल : बिहान ०८:४१ देखि १०:२५ सम्म काल वारवेला : दिउँसो ०३:३५ देखि ०५:१८ सम्म रोग वारवेला : बिहान ०६:५८ देखि ०८:४१ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :– शुभ वारवेला : साँझ ०५:१८ देखि ०८:१८ सम्म लाभ वारवेला : दिउँसो १२:०८ देखि ०१:५१ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा महिलाको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । प्रस्तुति – सहप्रा. कृष्णप्रसाद कोइराला

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button