नेतृत्वको कारणले काँग्रेस परित्याग गरेको मनाङेको खुलासा

दीननाथ बराल, पोखरा न्यूज – १९, असार । गण्डकी प्रदेशका एक मात्र स्वतन्त्र सांसद राजीव गुरुङ (मनाङे) र विप्लव माओवादीका एक नेता पुष्प कार्की नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेकाछन् ।

नेकपा गण्डकी प्रदेश कमिटिले बिहिबार जिल्ला पार्टी कार्यालय कास्कीको पोखरामा एक समारोहका बिच नेकपा गण्डकी प्रदेश ईन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले फरक धारका युवा नेता तथा स्वतन्त्र सांसद मनाङे र विप्लव माओवादीका कास्की जिल्ला सचिवालय सदस्य, किसान संघका केन्द्रिय अध्यक्ष, माछापुच्छ्रे गाउँपालिकाको इन्चार्ज कार्कीलाई अविर र फुलमाला लगायर पार्टीमा प्रवेश गराएका हुन् ।

कार्यक्रममा बोल्दै प्रदेश ईन्चार्ज गुरुङले मुलुक नयाँ युगमा प्रवेश गरेकोले वैकल्पिक पार्टीको रुपमा अन्य पार्टी रोज्नै नपर्ने त्यसमा नेकपामा सबै खालको पार्टीका व्यक्तिहरुलाई आउन आव्हान गरेका छन्। कुनै मान्छे सुद्रिन चाहन्छ भने त्यसलाई सुद्रिने मौका सहित आफुहरुले पार्टीमा स्थान दिने उनले बताए ।

इन्चार्ज गुरुङले अहिलेको अवस्थामा उपयुक्त साधन भनेको नेकपा भएकोले राजिव र विप्लव माओबादीका नेता दुई धारका व्यक्ति नेकपामा प्रवेश गर्नुले अझ पार्टी प्रवेशको लहर आउने विश्वास लिएका छन्। गण्डकी प्रदेशमा राजिव सहित ४० जना नेकपामा सांसद भएकोले दुई तिहाई बहुमत पुगेकोमा आफुहरु निकै उत्साहित भएको प्रतिक्रिया दिदै इन्चार्ज गुरुङले मनाङ जिल्ला सहित अबको निर्वाचनमा गण्डकी प्रदेशमा नेकपाको लालकिल्ला बनाउने दाबी गरे ।

मनाङे र विप्लव माओबादीका नेता कार्कीले नेकपाले देशमा आर्थिक विकास र समृद्धिको नारा ल्याएकोले उक्त नारालाई सफल पार्न आफुहरुको पार्टीसंग विचार मिलेकोले नेकपा पार्टीमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन्। २०५२ साल देखि स्वर्गीय इन्दिरा तिवारी, थमन परिवारको प्रेरणाबाट देशमा क्रान्तिको लागि घरवार छाडेर तत्कालिन माओवादी कम्युनिष्ट पार्टीमा लागेको स्मरण गर्दै कार्कीले अब भने आफ्नो घर परिवारसंगै बसेर नेकपामा सक्रिय कार्यकर्ताको रुपमा रहने बताए ।

माओबादी पार्टी परित्याग गरी विप्लव माओवादीमा प्रवेश गरेका कार्कीले आफुहरुले पनि देशमा सुखि नेपाली र समृद्ध नेपाल बनाउने अभियानमा नेकपा पार्टीको सरकारले नारा ल्याएकोले गर्दा उक्त रानालाई सार्थक पार्न पनि आफु नेकपामा प्रवेश गरेको प्रष्ट पारे । उनले विप्लव माओबादीका कार्यकर्ताहरु पनि आफ्नो सम्पर्कमा रहेकोले उनीहरुलाई पनि विस्तारै नेकपामा ल्याउने गृहकार्य सुरु गर्ने जनाए ।

गण्डकी प्रदेश सांसद मनाङे पार्टी प्रवेश गरे पछि पोखराको एक होटलमा पत्रकारसंग कुराकानी गर्दै नेपाली काँग्रेस पार्टीको नेतृत्वको कमजोरीको कारण आफु फ्रसटेड भएर नेकपामा प्रवेश गरेको बताए । उनले भने “नेपाली काँग्रेस पार्टी होइन, पार्टी भित्र यति धेरै चाकडी गर्नु पर्छ, पार्टी राम्रो भएर के गर्नु पार्टीका शिर्श नेताले हामीले भनेकै सुन्दैनन, म जस्ता धेरै युवाहरु काँग्रेसको गतिविधिले गर्दा फ्रसटेसन् भएका छन, म समयमै नेपाल कम्यिुनिष्ट पार्टीको नाम मैले भने जस्तै लागेर नेकपामा प्रवेश गरेको हुँ । ” पार्टी भित्र आफ्नो भुमिका सशक्त पार्दै आफ्नो जिल्ला मनाङमा पिच सडक निर्माणमा आफ्नो जोडबल हुने उनले जनाए ।

उनले भने “ म स्वतन्त्र सांसद भएर बस्ने निकै कठिन हुदो रैछ, मैले भनेको कुरा पनि खासै सुनुवाई नहुने बजेटको विषयमा पनि कुनै अर्थ नराख्ने यस्तै समस्यामा बस्नु भन्दा देशमा केही गर्न खोजेको पार्टीमा लागेर आफुले पनि केहि योगदान दिन सकिन्छ की भनेर नेपालमा प्रवेश गरेको हुँ ।” पार्टीमा प्रवेश गर्दा केही लेन देन वा कुनै अवसर देखेर लाग्नु भयो की भन्ने पत्रकारको प्रश्नमा उनले नेकपाले हाल गरेको केही कामहरु राम्रो लागेर आफु प्रवेश गरेको बताउदै यसमा कुनै लेन देन नभएको प्रष्ट पारे । काँग्रेस पार्टी भारत, युरोप, अमेरीबाट चलेजस्तो टिप्पर्णी गर्दै कुनै एक देशबाट मात्र मार्ग निर्देशन नभएकोले गर्दा पार्टी भित्र अन्तरदन्द्ध समेत रहेको सांसद गुरुङले जनाए ।

मनाङमा आफुहरु ठुलो परिवारको भएकोले गर्दा चुनाव जित्न सफल भएको बताउदै आगमी निर्वाचनमा पनि आफुहरु जस्तै ठुलो परिवार बाहेक अन्य कुनै ए, बी, सी कुनै सदस्य उठे पनि निर्वाचनमा निर्वाचित हुन भने धेरै कठिन हुने उनको प्रतिक्रिया थियो । मनाङमा कुनै पार्टी भन्दा पनि परिवारको कुन सदस्य उठ्छ त्यसमा अर्थ राख्ने सांसद मनाङेले जनाए ।

मनाङे साविकको एमालेबाट नै उम्मेदवार बन्न खोज्दा चर्को विरोध भए प्रश्चात उनी स्वतन्त्र उमेदवारीको रुपमा उठेका थिए । उनले मनाङ ख बाट स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भएका थिए । निर्वाचनका वेला एमालेले सहयोग गरेको बताइन्छ । पुनरावेदन अदालतले ज्यान मार्ने उद्योगमा ५ वर्ष सजाय सुनाएका मनाङेलाई गत माघमा सर्वोच्च अदालतले उक्त सजाय सदर गरेको थियो । निर्वाचित भएका सांसद मनाङे करिब १६ महिना पछि मात्र प्रदेश सभामा पुगेसंगै सपथ लिएका थिए ।

हाल प्रदेशसभामा नेकपाका ४० जना सांसद पुगेसंगै दुई तिहाइ बहुमत पुगेको छ । यस अघि नेकपामा ३९ जना सांसद रहेका थिए । हाल कांग्रेस १५, राष्ट्रिय जनमोर्चा १, समाजवादी पार्टी (नयाँ शक्ति) २ जना सांसद रहेका छन । जनमोर्चाका एकजना सांसदको निधन भएको छ । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा दुबै तर्फका नेतालाई नेकपामा प्रवेश गराएसंगै उनीहरुलाई फुलमाला तथा खादा लगायर अन्य नेकपाका समर्थित नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button