पोखरीमा डुबेर एकै परिवारका २ बालिकाको मृत्यु

पोखरा न्यूज – २१ , असार । सिरहाको लक्ष्मीपुर गाउँपालिका–४ स्थित पोखरीमा डुबेर एकै परिवारका दुई दिदीबहिनीको मृत्यु भएको छ ।

वडा नं ४ स्थित साझा पोखरीमा डुबेर स्थानीय नथु कुमार यादवका छ वर्षीया छोरी लक्ष्मीकुमारी यादव र चार वर्षीया आशुकाकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेल्ने क्रममा शुक्रबार साँझ पोखरीमा डुबेर दुबै दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button