सामाजिक सञ्जालमा अपशब्द पोष्ट गर्ने धमलाले मागे माफी

पोखरा न्यूज – २६, असार ।  सामाजिक सञ्जालमा अपशब्द पोष्ट गरेका पोखरा राजचौतारा निवासी अखिल धमलाले माफि मागेका छन्।

राष्ट्रिय समाचार समितिको समाचार अफ्नो अनलाईन पोखरा न्यूज डटकममा पोष्ट गरी फेसबुकमा सेयर गरेका गणेश बराललाई अपशब्द प्रयोग गरेका धमलाले माफि मागेका हुन्।

पोखरा १७ र २२ जोड्ने फुर्सेखोला माथिको तुइन हटाइयो भन्ने समाचारमा जथाभावी अपशब्द पोष्ट गरेका धमलाले आफुले आवेशमा आएर समाचार नै नपढि पोष्ट गरेको बिषय प्रति गल्ती गरेको भन्दै आत्मआलोचना सहित माफि मागे । आगामी दिनमा यस्ता कार्य नदोहोराउने उनले प्रतिवद्धत्ता समेत व्यक्त गरेका छन् ।

बरालले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सत्य समाचारको बिषयमा अध्ययन नै नगरी व्यक्तिगत तथा पत्रकारीता पेशा माथि नै धावा बोल्ने काम भएको भन्दै बरालले उजुरी गरेका हुन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button