पोखरा काहुँडाँडामा ७ अर्ब लागतमा बुद्ध मुर्ति सहितको भौतिक संरचना निर्माण हुने

दीननाथ बराल, पोखरा न्यूज – ३०, असार ।  पोखराको काहुँडाँडामा पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले करिब ८० मिटर अग्लो बिशाल बुद्धको मुर्ति सहितको विभिन्न भौतिक पर्यटकीय संरचना निर्माण हुने भएको छ ।

काहुँडाँडामा पर्यटकलाई आकर्षण गर्न ८० मिटर अग्लो बिशाल बुद्धको मुर्ति सहित धर्मकाया बुद्धमण्डला निर्माण गर्ने योजनामा आफुहरु अघि बढेको निर्माण समितिका अध्यक्ष रुद्रकुमारी गुरुङ (मैना) ले बताइन्।  पोखरामा मानव निर्मित पर्यटकीय गन्तव्य कम भएको अवस्थामा पर्यटकहरुलाई आकषर्ण गर्न आफुहरुले राष्ट्रिय गौरवको योजनाको रुपमा ठुलो बजेटको योजना अघि सारेकोे अध्यक्ष मैनाले बताइन्।

सात अर्ब लागतमा निर्माण हुन लागेको प्रजोक्टलाई सफल पार्न हालसम्म करिब ८ करोड संकलन भएको उनले बताइन। विदेशी तथा स्वदेशी दाताहरुबाट हालसम्म उक्त रकम संकलन भएको हो । ८० मिटर अग्लो बिशाल बुद्धको मुर्ति, यशोधा पार्क, ध्यान केन्द्र, लामा गुरु तथा भिक्षुहरुको आसाव गृह, सभाहल लगायतका संरचना निर्माण गरिने योजना रहेको अध्यक्ष मैनाले जनाइन्।

राष्ट्रिय गौरवको योजनाको रुपमा आफुहरुले लिए पनि  प्रोजेक्टलाई प्रदेश सरकारले चालु आर्थिक बर्षदेखि सहयोग गर्दै आएको अध्यक्ष मैनाले बनाइन्। वेलायत, हङकङ, सिंगापुर लगायतका देशबाट करिब ५ करोड संकलन भएको उनले बताइन्। काहुँडाँडामा ६ रोपनी जग्गा समितिले किनेको छ । थप दुई रोपनी जग्गा स्थानियबाट भूमि दानको रुपमा प्राप्त भएको हो । ६ रोपनी जग्गाको सट्टाभर्ना गर्दा समितिले करिब १२ रोपनी जग्गा खरिदमा धेरै मुल्य चुकाउनु परेकोे उनले जनाइन् ।

समितिसंग हाल करिब एक करोड बैंक व्यालेन्स रहेको छ । समितिले हाल वनको सरकारी जग्गा करिब एक सय ७० रोपनी जग्गा प्राप्तीको लागि हाल प्रक्रियामा रहेको छ । स्थानिय हेम गुरुङ, एक बहादुर गुरुङ र गम बहादुर गुरुङले करिब एक रोपनी जग्गा उपलब्ध गराउने वचन दिएको मैनाले जनाइन् ।

समितिले वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन (आईइइ) समेत गरि सकेको अध्यक्ष मैनाले जनाईन। वन कार्यालयबाट आफुहरुले अनुमति पाएसंगै प्रोजेक्टको काम द्रुत गतिमा अघि बढाउने उनले जनाइन्। पोखरा क्षेत्रमा उक्त अभियानमा सबैको अपनत्व हुने गरी घरदैलो कार्यक्रम समेत गर्ने आफुहरुको योजना रहेको अध्यक्ष मैनाले जनाइन्।

अभियानलाई सफल पार्न गण्डकी प्रदेश सरकारले चालु आर्थिक बर्ष र आगामी आर्थिक बर्षमा २०/२० लाख रुपैया सहयोग गरेको छ । समितिले थप ४ लाख लगानी गरी २४ लाखको लागतमा रिटेलिङ वाल लगाउने काम गरेको हो । ७० मिटर लम्वाइमा हाल रिटेलिङ गरिएको समितिले जनाएको छ ।

पोखरा-११ काहुँडाँडामा बिशाल बुद्धको मुर्ति सहितको पोखराको पर्यटन प्रवर्द्धनका लागि धर्मकाया बुद्धमण्डला निर्माणका लागि पोखरालाई बुद्ध सर्किटसंगै जोड्दै पर्यटन प्रवर्द्धनको लागि काहुँडाँडामा धर्मकाया बुद्धमण्डला निर्माणका लागि प्रभारम्भिक चरणमा एक अर्बको बजेटको प्रस्ताव गरिएको छ । करिब १ हजार ४ सय मिटरको उचाइमा पर्ने काहुँडाँडामा काहुँधरहरा डाँडा, हिमश्रृखला सहितको दृश्य समेत अवलोकन गर्द सकिन्छ ।

तत्कालिन पश्चिमाञ्चल क्षेत्रिय प्रशासनका प्रमुख दिनेश कुमार थपलिएको अवधारणमा काहुँडाँडामा उक्त प्रोजेक्टको सुरुवात भएको छ । केही समय अघि पोखरा आएका एक जना दाताले आफ्नो नाम समेत नखुलाइ २ करोड १५ लाख सहयोग प्राप्त भएको अध्यक्ष मैनाले बताइन्। पोखराको बृहत योजना भएकोले पोखरेलीहरुसंग भने यस प्रोजेक्टको बिषयलाई लिएर रकम संकलन अभियान नभएको उनले बताइन्।

पोखरा महानगरपालिका वडा नम्बर-११ का वडा अध्यक्ष मोहन बाँस्तोलाले समितिलाई आवश्यक पर्ने सिफारिश पत्र वडाबाट दिएको बताए । उनले “समितिले जुन रुपमा प्रोजेक्टलाई अघि बढाउनु पर्ने हो त्यो खासै देखिएको छैन, केही प्राविधिक कुराले रोकिएको पनि हुन सक्छ तर उनीहरुले रकम भने विदेशबाट संकलन गरेको सुनेको छु । ”

समितिका सल्लाहकार असोक पालिखेले आईइइको रिपोर्ट पर्यटन मन्त्रालयमा पेश गरेको त्यसको निर्णय आउन साथ आफुहरुले प्रोजेक्टलाई थप काम अघि बढाउने बताए । जनसहभागिता र विदेशमा रहेका स्वदेशी तथा विदेशी दाताबाट लगानी हुने विश्वास व्यक्त गरे । सामुदायिक वन भोगचलनको लागि स्थानियबाट अनुमति लिएसंगै मन्त्रालयबाट अनुमति लिने प्रक्रियामा रहेकोे उनले जनाए । प्राजेक्टको मास्टर प्लान भने सिंगापुरमा निर्माण हुने भएको उनले जनाए ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. काहुं डांडा भन्ने बित्तिकै धरहरा भनेर चिनिन्छ ।नेपालकाेे पहिचान ढलेकाे धरहरा राजधानीमा बन्न नसकेकाे यही ठाउँमा बने सबैलाई अाक्रषण थलाे बन्ने थियाे कि ??
    ढलेकाे धरहरा पाेखरा कांहुंमा ठडाउन सकिए पाेखरा काहुं चिनाउने अझ सकिन्थ्यो कि ?? मेराे सुझाव पाे.म.न.पा. तथन सराेकारवाला लाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button