पोखरा लामाचौरमा भदौं दोस्रो सातादेखि तीज महोत्सव हुने

दीननाथ बराल, पोखरा न्यूज – ३१, असार । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पोखराको लामाचौरमा यस बर्ष भदौं दोस्रो सातादेखि लामाचौर तीज महोत्सव-२०७६ हुने भएको छ । नव आर्दश सामुदायिक विकास समाजको आयोजनामा भदौं १२ गते देखि १६ सम्म महोत्सव हुने महोत्सवका प्रचारप्रसार संयोजक बुद्धि क्षेत्री खत्रीले बताए ।

महोत्सवलाई सफल पार्न विभिन्न उपसमितिहरु गठन गरी तयारी शुरु गरिएको उनले जनाए । यस बर्ष समाजले नयाँ प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले नाकोड्रस आइडल( एकल खुल्ला नृत्य प्रतियोगिता) समेत आयोजना गरिने संयोजक खत्रीले जनाए । प्रतियोगितामा सहभागिहरुले साउन एक गतेदेखि फारम भर्न सक्नेछन भने प्रि-अडिसन साउन १८ गते हुने भएको छ । प्रि-अडिसनबाट छनौट भएका १० जना खेलाडीहरु फाइनल चरणमा भदौं १३ गते महोत्सव स्थल इन्द्रराज्य लक्ष्मी माविको परिसरमा हुने भएको हो । विजेतालाई उपाधिको ट्रफी सहित १० हजार, उपविजेतालाई ७ हजार, तेस्रो हुनेलाई ५ हजार र शान्त्वनालाई २ हजार ५ सय रुपैया प्रदान गरिने भएको छ ।

“मौलिक संस्कृतिको जगेर्ना गरौं” भन्ने उद्घोषका साथ आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा खेलकुदको माध्यमबाट आन्तरिक तथा बाहय पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने समाजका अध्यक्ष कमल बहादुर थापाले बताए । महोत्सवबाट बचत हुने रकम समाजले संचालन गर्दै आएको एम्बुलेन्स तथा शव वहान सेवामा खर्च गरिने भएको पुर्व अध्यक्ष एवं आकस्मिक सेवा संयोजक संजयकुमार अधिकारीले बताए । महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ ।

महोत्सवको अवसरमा संचालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगितामा यस बर्ष निरन्तरता पाउने भएको छ । त्यसै गरी महोत्सवमा प्रदेश स्तरीय आमन्त्रण राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, अन्तर विद्यालय छात्रा भलिबल प्रतियोगिता, नर बहादुर बानिया स्मृती प्रदेश स्तरिय सितोरियो कराँते प्रतियोगिता, समुहगत तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, लगातका प्रतियोगिताहरु हुने भएको छ । राष्ट्रिय कलाकारको प्रस्तुती, बाल उद्यान, व्यापारीक स्टलहरुको प्रर्दशनी, स्रष्टा सम्मान लगायतका कार्यक्रमहरु समेत हुने भएका छन्।

महोत्सवलाई सफल पार्न पूर्व अध्यक्ष नविल भण्डारीको संयोजकत्वमा अर्थ संकलन/तिज महोत्सव संरक्षण अक्षयकोष व्यावस्थापन समिति गठन भएको छ । त्यस्तै पूर्व अध्यक्ष सुशील कुमार श्रेष्ठ खेलकुद व्यावस्थापन समितिको संयोजकमा, शिक्षा समन्वय तथा स्रष्टा सम्मानमा कृष्ण गुरुङ, ज्येष्ठ नागरिक समन्वय समितिमा पूर्व अध्यक्ष मिलन केसी, कार्यालय ब्यावस्थापन समिति संयोजकमा शोभा केसी, सुरक्षा व्यावस्थापन समितिमा नवराज थापा, आकास्मित सेवा व्यावस्थापनमा अर्जुन भण्डारी रहेका छन ।

त्यसै गरी परियोजना व्यावस्थापनमा पुष्पेन्द्र पाण्डे, स्वागत सत्कारमा पूर्व अध्यक्ष सञ्जल कुमार अधिकारी, सांस्कृतिक ब्यावस्थापन समितिमा पूर्व अध्यक्ष दिल बहादुर थापा, महोत्सव अनुगमन तथा मुल्याङकनमा पूर्व अध्यक्ष धर्ममान सिंह भण्डारी, व्यानर व्यावस्थापनमा थिर बहादुर थापा, मञ्च ब्यावस्थापनमा खुसीमान गुरुङ, बजार ब्यावस्थापनमा बल बहादुर थापा, महिला समन्वयमा गिता भण्डारी, युवा परिचालमा शंकर केसी, यातायात व्यावस्थापनमा जग बहादुर गुरुङ, सरसफाई व्यावस्थापनमा जुनकिरी नेपाली र समन्वय बिशेष समिति संयोजकमा निवर्तमान अध्यक्ष बम बहादुर गुरुङ रहेकाछन्।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. प्रदेशबाट घरदेशकाे समाचार त्याे पनि अाफ्नै गाँउघरमा हुने तीजकाे चहलपहल, राम्राे लाग्याे मन डुल्याे , तर अायाेजकहरुलाई एउटा अनुराेध तीज हाेस्् या तिहार दिन हाेस् या दिवस् यसरी अायाेजन गरिने मेला उत्सवहरुमा अाफ्नै माैलिकता झल्कन सकाेस् , रमाईलाेकाे नाउमा कत्तिपनि प्रवेश नगराेसे विदेशीपन ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button