तनहुँ देवघाटमा ५३ जनाको श्रमदानमा कफी खेती शुरु

पोखरा न्यूज – ०२, साउन । तनहुँको छिम्केश्वरीपछिको दोस्रो कर्णालीका रुपमा परिचित देवघाट गाउँपालिकाको बैदी ऋषिङथानमा कफी खेती थालिएको छ ।

समुन्द्री सतहबाट करीब एक हजार ६३० मिटर उचाइमा रहेको उक्त स्थानमा कफीको पकेट क्षेत्र बनाउने उद्देश्यअनुरुप कफी खेती थालिएको हो । घण्टाचुली पर्यटन क्षेत्र विकास समितिको सक्रियतामा देवघाट गाउँपालिकाको वडा नं १ र २ को सिमानामा पर्ने ऋषिङथानमा ५०० वटा कफीको बिरुवा लगाइएको छ ।

जिल्ला कफी सहकारी संस्थाले उत्पादन गरेको कफीको बिरुवा गाउँपालिकाले शुल्क व्यहोर्ने गरी कफीका बिरुवा लगेर रोपिएको घण्टाचुली पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष खड्का पामी आलेले जानकारी दिए ।

कफीको हालको बजार मूल्य प्रतिविरुवा रु ४० देखि ५० सम्म बिक्री हुने गरेकोले झण्डै रु २५/३० हजार बराबरको कफीको बिरुवा गाउँपालिकाले सहयोग गरेको छ ।

उक्त क्षेत्रलाई कफी खेतीको पकेट क्षेत्र बनाउने उद्देश्यले गाउँपालिकाले सहयोग गर्दै आएको देवघाट गाउँपालिका–२ का वडाध्यक्ष पोलबहादुर आलेले बताए । कफी रोप्न र जङ्गलका झाडी पन्छाउनका लागि स्थानीय ५३ जनाले श्रमदान गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button