नदीले बगाएका लमजुङका एक युवकको उद्धार

पोखरा न्यूज – ०३, साउन । मस्र्याङ्दी नदीबाट प्रहरीले एक युवकको सकुशल उद्धार गरेको छ ।

लमजुङ बेँसीशहर नगरपालिका–११ पाण्डेगाउँका अन्दाजी ३५ वर्षीय राजु पाण्डेलाई आज वडा नं ८ स्थित करपुरेश्वर महादेव मन्दिर नजिकैको डम्पिङ साइट नजीकबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले लमजुङले जनाएको छ ।

करिब एक सय मिटरमाथिबाट नदीले बगाएर नदीबीचमा दुई ढुंङ्गामा अड्किएका अवस्थामा प्रहरीलाई स्थानीयबाट खबर आएलगत्तै घटनास्थलमा प्रहरी पुगी करीब अपराह्न २ः०० बजेतिर उद्धार गरिएको प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए ।

उद्धार गरिएका युवक आफ्नो नाम, थर, ठेगाना बताउन नसक्ने सुस्त मनस्थितिका जस्तो रहेका प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button