तनहुँमा पौडी खेल्ने क्रममा १२ वर्षीय बालकको मृत्यु

पोखरा न्यूज – ०४, साउन । पौडी खेल्ने क्रममा शनिबार डुबेर तनहुँमा एक बालकको मृत्यु भएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ निवासी १२ वर्षीय विवेक विश्वकर्माको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

जिल्लाको भिमाद नगरपालिका–५ मामाघरमा गएका ती बालक सोही वडास्थित सेती नदीमा पौडी खेल्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

पौडी खेल्ने क्रममा हामफाल्दा नदीमा रहेको दलदले माटोमा टाउको गएर गडेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । उनीसँगै गएका श्रीराम श्रेष्ठ मुख बोल्न नसक्ने भएकाले तत्कालै उपचारको लागि लैजान नसकिएको प्रहरीले जनाएको छ । उक्त घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली गएर शव बाहिर निकालेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button