पर्वत महाशिलामा सुत्केरी भैँसीलाई भत्ता दिइने !

पोखरा न्यूज – ०५, साउन । पर्वतको महाशिला गाउँपालिकाले  स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई मात्रै होइन, पाडापाडी हुर्काउने कृषकलाई समेत प्रोत्साहन गर्न भैँसीलाई सुत्केरी भत्ता दिने निर्णय गरेको छ ।

भैँसी ब्याएपछि पाडापाडी काटेर खाने चलन हटाउन पाडापाडी हुर्काउने कृषकलाई रु ५०० भत्ता दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजु पौडेलले बताए ।

स्थानीय जातका लिमे र पाराकोटे जातका भैँसीका पाडापाडी काटेर खानेलाई रु एक हजार जरिवाना तिराउने निर्णय गत वर्षदेखि नै कार्यान्वयनमा छ ।

महाशिला गाउँपालिकाले यसअघि एक घर एक रोजगार, रक्सी नियन्त्रण, बाँदर नियन्त्रण अभियान सञ्चालन गरेका कारण देशभर चर्चामा रहेको छ ।

यसैबीच पर्वतको महाशिला गाउँपालिका वडा नं १ जम्पुरमा पहिरोका कारण स्थानीय धनबहादुर शाहीको धन्सारसहितको गोठ भत्किएको छ । लगातारको वर्षासँगै शनिबार दिउँसो गोठमाथिबाट आएको पहिरोका कारण गोठ भत्किएको हो ।

गोठ भत्किँदा शाहीको गोठमा पालिएका एक ब्याउने र एक दुहुनो भैँसी मरेको छ । झण्डै रु चार लाखभन्दा बढीको क्षति भएको वडाध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button