सागका पूर्व निर्धारित खेलहरु पोखरामै हुन्छन्: मन्त्री विश्वकर्मा

दीननाथ बराल, पोखरा न्यूज – ०७, साउन । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले आगामी मंसिरमा नेपालमा हुने १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) का पूर्व निर्धारित खेलहरु पोखरामै हुने बताएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै साग हुने मिति पूर्व सम्पूर्ण खेलकुदका भौतिक संरचना निर्माण हुने र पोखरामा यस अघि हुने भनिएका खेल पोखरामै हुने दाबी गरेका हुन्।

पोखरा रंगशालामा निर्माण हुदै गरेको अन्तराष्ट्रिय स्तरको फुटबल स्टेडियमको अवलोकन गरे पश्चात आयोजित पत्रकार सम्मेलनमा उनले निर्माण कम्पनीलाई आफुहरुले कार्तिक १०/१५ भित्र प्राकृतिक संरचनामा फुटबल मैदान निर्माण गर्न निर्देशन दिएको उनले बताए ।

उनले भने “निर्माण कम्पनीले यही साउन भित्र स्टेडियम निर्माण गरि सक्नु पर्नेमा साउनको एक हप्ता वित्दासम्म निर्माण सम्पन्न हुने अब कुनै सम्भावना हामीले देखेनौं, पोखरा जस्तो ठाउँमा आर्टिफिसियल भन्दा प्राकृतिक संरचनाको दुवो हुने खालको मैदान निर्माण गर्न हामीले निर्माण कम्पनीलाई निर्देशन दिएका छौं । ”

 निर्माण कम्पनीले आफुहरुलाई सागको समय सिमा भित्र स्टेडियम निर्माण गरीसक्ने विश्वास दिलाएकाले पोखरामा हुने भनिएको पोखरा स्टेडियम प्राकृतिक संरचनामा निर्माण हुने जुन संरचनामा निर्माण हुदा सागको खेलमा कुनै असन नपर्ने उनले जनाए ।

पोखरा जस्तो प्राकृतिक ठाउँमा निर्माण हुने अन्तराष्ट्रिय फुटबल स्टेडियम आर्टिफिसियल बन्दा अन्तराष्ट्रिय मान्यता नपाउने र भावी पुसताले समेत सराप्न सक्ने भएकोले आफुहरुले ढिलै भए पनि प्राकृतिक मैदान निर्माण गर्ने भएको मन्त्री विश्वकर्माले जनाए । ८/१० दिन भित्रमा उक्त स्टेडियमको डिजाईन दिने उनले बताए । निर्माण कम्पनीलाई मोविलाइजेशन रकम समयमै निकासा गर्न नसकेको हुँदापनि निर्माण कम्पनीले स्टुडिएमको निर्माणमा ढिलाई गरेको उनको भनाई छ ।

साग निर्धारित मितिमै हुने गरी सरकारले यस चालु आर्थिक बर्षमा बजेट विनियोजना गरेको र सहभागि राष्ट्रलाई आमन्त्रण समेत पठाएको बताए । सागका केही खेलहरु प्याराग्लाइडिङ, भलिबल, ह्याण्डबल, महिला फुटबल, आर्चरी, ट्याथलन लगायतका खेल पोखरामा हुने भनिएको थियो । साग लक्षित हुने गरी निर्माण हुने कुनै पनि भौतिक संरचना आर्थिक अभावले कुनै पनि काम नरोकिने मन्त्री विश्वकर्माले दाबी गरे ।

२०७२ मा हुनु पर्ने साग पुर्वधार निर्माण नभएको, भूकम्पले गर्दा पनि पहिला हुन नसकेको उनले जनाए । सागको उद्घाटन र समापन हुने काठमाण्डौंको दशरथ रंगशालाको फुटबल स्टेडियम निर्माणको हाल अन्तिम चरणमा पुगेको मन्त्री विश्वकर्माले बताए । भिआईपि प्यारापिटको केही भाग छाना हाल्ने काम बाँकी रहेको उनको भनाई थियो ।

सागलाई लक्षित हुने गरी केही खेलहरुको बन्द प्रशिक्षण १०/१५ दिन भित्र हुने उनले जनाए । पोखरा रंगशालाको क्रिकेट मैदान अवलोकन गरे पश्चात मन्त्री विश्वकर्माले सागको खेललाई असर पार्ने गरी पोखरा रंगशालामा कुनै पनि खेलकुदका संरचना निर्माण नगर्न आग्रह गरेका छन्।

पोखरा रंगशालासहित देशमा हाल मुख्य शहरहरुमा ९ वटा अन्तराष्ट्रिय स्तरका क्रिकेट मैदान निर्माण गर्न लागेको मन्त्री विश्वकर्माले जनाए । मन्त्री विश्वकर्माले आर्चरीको एकेडेमी, लङ टेनिस समेत अवलोकन गरेको राखेप सदस्य राजेश कुमार गुरुङले बताए । मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button