पोखरामा ८ दिनदेखि बालिका बन्धक बनाई बलात्कार गरेको अभियोगमा १ पक्राउ

पोखरा न्यूज – ०८, साउन । चौध वर्षिया बालिकालाई बन्धक बनाई जर्बजस्ति करणी (बलात्कार) गरेको अभियोगमा पोखराबाट एक जना पक्राउ परेका छन् ।

मोरङको विराटनगर घर भई उदयपुरको चौदण्डि नगरपालिका-७ बस्दै आएका २८ वर्षिय राकेश कुमार कानोडियालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार राकेशले उदयपुरकी १४ वर्षिय बालिकालाई पोखरा महानगरपालिका-६ डिहिगोपाटन लेकसाइडको ‘द कन्ट्रि यार्ड’ होटलको कोठामा बन्धक बनाई जर्बजस्ति करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

राकेशले बालिकाले प्रयोग गर्दै आएको मोबाइलसमेत खोसेर राखेको प्रहरीले जनाएको छ । बालिकालाई ८ दिनदेखि कोठामा बन्धक बनाएर जर्बजस्ति गरेको प्रहरीले जनाएको छ ।

राकेश कुमार पेशाले शिक्षक रहेको प्रहरीको भनाई छ । गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले टोलीले निजलाई समातेको हो । प्रहरीले बालिकालाई उनको अभिभावकको जिम्मा लगाई सकेको छ । राकेशलाई कानुनी प्रक्रिया अनुसार कारबाही अघि बढाउँने प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button