लमजुङमा जीप दुर्घटना: चालकको मृत्यु

पोखरा न्यूज – ०९, साउन । लमजुङ बेँसीशहर चामे सडकस्थित मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा सवारी दुर्घटनामा आज चालकको घटनास्थलमै मृत्यु भएको छ ।

सडकखण्डस्थित म्यार्दीखोलाबाट बेँसीसहर आउँदै गरेको ग१ज ६७८६ नंको जीप सो स्थानमा दुर्घटना हुँदा तनहुँ जिल्लास्थित दमौली घर भएका जीपका चालक धनबहादुर आचार्यको मृत्यु भएको जीपका धनी नेत्रबहादुर गुरुङले बताए ।  सो सवारी साधनमा चालक एक्लै आउँदै गर्दा सडकबाट तल खसी मस्र्याङ्दी नदी छेउमै पुगेको जीपका धनी गुरुङको भनाइ छ ।

स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि करिब १ बजेतिर उक्त घटनास्थल तर्फ बेँसीसहरमा रहेको जिल्ला प्रहरी कार्यालय र उक्त गाउँपालिकामा रहेको बाहुनडाँडा प्रहरी चौकीबाट प्रहरी जाँदै गरेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार सो स्थान पुग्नलाई करिब एक घण्टा अझै लाग्ने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button